Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेकपाको बहुमत सदस्यहरु अध्यादेशको विपक्षमा

नेकपाको बहुमत सदस्यहरु अध्यादेशको विपक्षमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १, २०७७ बुधवार • १०:५३:२४ बजे
  • 1.2K
    SHARES
  • नेकपाको बहुमत सदस्यहरु अध्यादेशको विपक्षमा

    आन्तरिक विवादमा फँसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकप) को स्थायी कमिटी बैठक आज बस्दैछ ।

    images

    आज दिउसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पाटीमा छलफल नै नगरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको विषयमा छलफल हुनेछ ।

    बहुमत स्थायी कमिटी सदस्यले अध्यादेश फिर्ता गर्नुपर्ने माग गरेका छन् । प्रधानमन्त्री ओलीले हिजो संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका बहुमत सदस्यहरु असन्तुष्ट बनेका छन ।

    उनीहरुले आज बस्ने बैठकमा प्रधानमन्त्री ओलीलाई अध्यादेश फिर्ता लिन निर्देशन दिने निष्कर्ष निकालेका छन । बरिष्ठ नेता झलनाथ खनालले आजको बैठकले ठोस निर्णय लिने जानकारी दिए ।

    उनले भने, “पार्टीमा छलफल नै नगरी अध्यादेश ल्याउने र आफूलाई मनलाग्दी गर्ने छुट कसैसँग छैन् । यसका विषयमा आज वारपारको निर्णय हुन्छ ।”

    प्रधानमन्त्री ओलीले पटक पटक स्वेच्छाचारी शैली देखाएको र पाटीलाई बेवास्था गरी अघि बढेकाले यो विषय गम्भीरका साथ बैठकमा उठ्ने उनले जानकारी दिए ।

    त्यस्तै आजको बैठकमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि पनि छलफल हुने नेताहरु बताएका छन् । दुई अध्यक्षले एकले अर्कोलाई संगिन आरोप लगाउँदै प्रतिवेदन पेश गरेका थिए ।

    कात्तिक २८ गतेको सचिलायल बैठकमा दाहालले ओली स्वेच्छाचारी भएको, सरकार असफल भएको, भ्रष्टाचार मौलाएको लगायतका एक दर्जन बढी आरोपसहितको प्रतिवेदन पेश गरेका थिए भने मंसिर १३ गतेको सचिवालय बैठकमा ओलीले त्यसको जवाफ र प्रत्यारोपसहितको प्रतिवेदन पेश गरेका थिए । उक्त प्रतिवेदन स्थायी कमिटीमा पनि पेश भएको छ ।

    दुई अध्यक्षको आरोप प्रत्यारोपसहितको प्रतिवेदनका कारण विभाजनको संघारमा पुगेको नेकपामा प्रधानमन्त्रीले स्वेच्छाचारी ढंगबाट अध्यादेश ल्याएपछि थप तरंग उत्पन्न भएको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology