पौष १, २०७७ बुधवार
•
२१:५२:४१ बजे
लमजुङ - विप्लव नेकपा लमजुङका जिल्ला इन्चार्जसहितका पांच जना नेता तथा कार्यकर्ता अदालतवाट रिहा लगै फेरी पक्राउ परेका छन्। आज साँझ जिल्ला अदालत लमजुङले तोकेको धरौटी रकम बुझाए पनि उनीहरुलाई प्रहरीले फेरी पक्राउ गरेको हो।
पार्टी सातौँ पुनर्गठन दिवस मनाउने तयारी गरिरहेको अवस्थामा पक्राउ परेका उनीहरुलाई अदालतले ३ जनालाई रकम धरौटी र २ जनालाई साधारण तारेखमा छाड्न आदेश गर्का थिए । प्रहरीले फेरी पक्राउ गर्नेमा बिद्रोही नेकपाका जिल्ला इन्चार्ज जंगबहादुर भण्डारी ‘आक्रोश’, जिल्ला सेक्रेटरी बिलबहादुर गुरुङ ‘गौरब’, जिल्ला सदस्यहरु रबिन्द्र नाखोला र नारायण बहादुर कुँवर तथा सर्वसाधारणहरु सुजन थापा र दुर्गालाल तामाङ रहेका छन्।
उनीहरुमध्ये जिल्ला सेक्रेटरी गौरबलाई जिल्ला अदालत लमजुङले २० हजार रुपियाँ, जिल्ला इन्चार्ज आक्रोश तथा जिल्ला सदस्यहरु रबिन्द्र नाखोला र नारायण बहादुर कुँवरलाई जनही सात-सात हजार रुपियाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो। सर्वसाधारण नागरिक भनिएका सुजन थापा र दुर्गालाल तामाङलाई अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको थियो।
बिष्फोटक पदार्थ र चन्दा रसिदसहित २०७७।०८।०८ गते अं।०१:०० बजेको समयमा जिल्ला लमजुङ दोर्दी गा।पा। वडा नं।८ खिमचोक पाँचस्वाराबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरुको साथबाट प्रहरीले झोलाभित्र लुकाई छिपाई राखेको बिष्फोटक पदार्थ गन्धक- ५०० ग्राम, बारुद – ५०० ग्राम, सोडा – ५ के।जि।, सेप्टि फ्युज -१।५ मिटर, रोल क्याप लेखिएको पटका ७ रोल, सिसाका छर्राहरु, उक्त पार्टी सँग सम्बन्धित पोष्टर थान-५०, नेपाल कम्युनिष्ट पाटिको पर्चा थान-५०, नगद रु ३१,६८५-, चन्दा रसिद -१, ग १५प ८१३७ नं। र बा ७४ प ७०८७ नं।को मोटरसाईकल, मोबाईल थान-८ तथा सिमकार्ड थान-६ समेत बरामद गरिएको जानकारी दिएको थियो।
चन्दा ऐन र बिष्फोटक पदार्थ सम्बन्धी मुद्दामा आज जिल्ला अदालत लमजुङमा माननीय न्यायाधिश हरिश्चन्द्र ढुंगानाको एकल इजलाशमा आज अधिबक्ता सन्तोष कोइराला र जिल्ला न्यायधिबक्ता जिवानिधि पौडेलले बहस गरेका थिए।
उनीहरु बसेको घरबाटै प्रहरीले बिष्फोटक पदार्थ समेत बरामद गरेको जिकिर गरेपनि बिद्रोही ने।क।पा।का नेता तथा कार्यकर्ताहरुले ती बिष्फोटक पदार्थहरुका बारेमा आफुहरुलाई कुनै जानकारी नभएको अदालत्समक्ष जिकिर गरेका थिए। तर चन्दा रसिद प्याद र नगदसमेत बरामद भएको अवस्थामा उनीहरुलाई जिल्ला अदालतले धरौटी लिई तारेखमा छाड्न आदेश दिएको अधिवक्ता सन्तोष कोइरालले जानकारी दिए।
अदालातको आदेश वमोजिम धरौटी राखेर छुटेका उनीहरु सबैलाई प्रहरीले फेरी पक्राउ गरेर तनहुँ लागेको समाचारस्रोतको दाबी छ।