Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या बिहीबारसम्म एक करोड नजिक

भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या बिहीबारसम्म एक करोड नजिक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २, २०७७ बिहिवार • १३:०६:०६ बजे
  • 742
    SHARES
  • भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या बिहीबारसम्म एक करोड नजिक

    सिन्ह्वा । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या बिहीबारसम्म एक करोड नजिक पुगेको छ । विगत २४ घन्टाको अवधिमा भारतमा २४ हजार नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या ९९ लाख ५६ हजार ५ सय ५७ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

    images

    गत २४ मा भारतमा कोरोना संक्रमणको कारण ३ सय ५५ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ४४ हजार ४ सय ५१ जना पुगेको छ ।

    भारतको राष्ट्रिय राजधानी दिल्लीमा गत २४ घन्टामा १ हजार ५ सय ४७ जनामा कोरोनाभाइरस संक्रमण देखिएको र ३२ जनाको संक्रमणको कारण मृत्यु भएको छ । गत सोमबारसम्म यहाँ कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या १० हजार नाघेको थियो ।

    मन्त्रालयको पछिल्लो विवरणमा ९४ लाख ८९ हजार ७ सय ४० व्यक्ति संक्रमण मुक्त भएको देखिएको छ । हाल भारतमा तीन लाख २२ हजार ३ सय ६६ सक्रिय संक्रमित रहेका छन् । यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ ।

    भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले देशभर १५ करोड ७८ लाख ५ हजार को हाराहारीमा नमूना परीक्षण गरेको जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ को खोप केही हप्ताभित्रै तयार गर्नेगरी कार्य भइरहेको बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology