एजेन्सी । घरको सफाईका लागि अर्धनग्न र नग्न महिलाहरुको ब्यवसायिक सेवा शुरु भएको छ । ब्रिटेनको प्लाईमाउथ शहरमा रहेको ‘द नेकेड क्लिनिङ’ नामक कंपनीले यस्तो सेवा शुरु गरेको हो । यो कम्पनीका निर्देशक निक्की बेल्टन र लिएन वुलमेन हुन ।
‘द नेकेड क्लिनिङ’ कम्पनीको सेवा अहिलेका लागि ब्रिटेनमा मात्रै सिमित छ । निक्की वेल्टनले अब छिट्टै यो कम्पनीका शाखाहरु विश्वभर विस्तार गर्ने बताएकी छिन । शुरुदेखि नै संसारभर फैलाउन सकिने खालको सफल ब्यवसाय सञ्चालन गर्ने धुनमा रहेकी निक्की भन्छिन, “म त्यस्तो ब्यवसाय शुरु गर्न चाहन्थें, जसलाई छिट्टै र सजिलै विश्वब्यापी बनाउन सकियोस ।” उनी अघि भन्छिन, “अब अहिले हामीसंग योग्य मोडलहरु छन । मलाई आशा छ कि हाम्रो सेवा छिट्टै अमेरिका, क्यानडा, नेदरल्याण्ड र अष्ट्रेलियामा शुरु गर्न सकिनेछ ।”

निक्की वेल्टनका अनुसार द नेकेड क्लिनिङ कम्पनीलाई लिएर विश्वभरका मानिसहरुमा अत्यधिक उत्सुकता जागेको छ । यसमध्येको एक मुलुक दुबई पनि हो । निक्कीले भनिन, “लकडाउनपछि हाम्रो कम्पनीको सेवाको माग अत्यधिक रुपमा बढ्ने पक्का छ । सफाइकर्मी र सेवाग्राही दुवैका लागि सुरक्षित रुपमा बुकिङको एउटा प्रणालीको स्थापना गर्नेछौं ।”

आउँदो बर्ष पुरै विश्वमा नेकेड क्लििनिङ सर्भिसको जोरदार रुपमा प्रचार गर्ने निक्कीको योजना छ । यो कामबाट महिला सशक्तिकरणमा सघाउ पुग्ने उनको दावी छ । यद्यपी यो विषयलाई लिएर सामाजिक सञ्जालमा निक्की वेल्टन उनका साझेदार लिएन वुलमेनले निकै आलोचना पनि खेप्नु परेको छ । आफ्ना आलोचकहरु प्रति निक्कीको कडा जवाफ छ । “केही मानिसहरु जहिले पनि राम्रो प्रगतिको इष्र्या गर्छन । यसबाट डराउनुपर्ने कुनै आवश्यकता छैन ।” एक महिलाले नै अर्को महिलाई सशक्त बनाउन सक्छ भन्ने निक्कीको ठम्याइ छ ।

निक्कीकै शब्दमा भन्ने हो भने यो नेकेड क्लिनिङ सर्भिस महिलाहरुलाई सशक्त र स्वावलम्बी बनाउनका लागि शुरु गरीएको हो । यो सेवा कुनै महिलाको अंगसंग जोडिएको विषय हैन । उसको शरीरको आकार प्रकारसंग पनि जोडिएको विषय हैन । यसलाई त्यसरी अर्थ्याउनु र बुझ्नु पनि हुँदैन ।
नेकेड क्लिनिङ कम्पनीले जनाए अनुसार अर्धनग्न महिलाबाट सेवा लिन प्रति घण्टा ७५ पाउण्ड स्टर्लिङ मुल्य चुकाउनु पर्छ । त्यस्तै पूर्ण नग्न महिलालाई सरसफाईको काममा प्रयोग गर्नुपर्दा प्रति घण्टा ९५ पाउण्ड स्टर्लिङ भुक्तानी गर्नुपर्ने कंपनीलाई उद्धृत गर्दै डेलीमेलले जनाएको छ ।