Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

धौलागिरी क्षेत्र बन्द

विप्लप नेतृत्वको नेकपाले शुक्रबार आह्वान गरेको धौलागिरी क्षेत्र बन्दले जनजिवन प्रभावित

विप्लप नेतृत्वको नेकपाले शुक्रबार आह्वान गरेको धौलागिरी क्षेत्र बन्दले जनजिवन प्रभावित

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष ३, २०७७ शुक्रवार • ०८:०८:४८ बजे
  • 3.6K
    SHARES
  • विप्लप नेतृत्वको नेकपाले शुक्रबार आह्वान गरेको धौलागिरी क्षेत्र बन्दले जनजिवन प्रभावित
    प्रतिबन्धित नेत्रबिक्रम चन्द (विप्लप) नेतृत्वको नेकपाले शुक्रबार आह्वान गरेको धौलागिरी क्षेत्र बन्दले जनजिवन प्रभावित बनेको छ ।

    थुनामा रहेका आफ्ना नेता म्याग्दीका जनसरकार प्रमुख जगेन्द्र पुन (जगत)  को शंकास्पद मृत्यु बारे छानबिनको माग गर्दै आव्हान गरेको बन्दका कारण म्याग्दी, बागलुङ र पर्वतमा प्रभाव परेको हो। मुस्ताङमा भने बन्दको प्रभाव परेको छैन। म्याग्दीको बेनीदेखि लामो तथा छोटो दुरीमा चल्ने सवारी साधन, शैक्षिक संस्था र बजार बन्द भएको छ।

    अभद्र व्यवहार सम्बन्धी मुद्दामा जिल्ला कारागार पर्वतमा थुनामा रहेकै अवस्थामा उच्च रक्तचापको कारण मंसिर २४ गते बेहोस भएका म्याग्दीको मालिका गाउँपालिका–३ अदिभाराका ५८ वर्षीय पुनको २९ गते पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको थियो। 

    विप्लप नेकपाका धौलागिरी ब्यूरो प्रमुख राजनले विज्ञप्ति जारी गरेर समयमै उचित उपचार नगरिएको र बेवास्ता गरिएकाले आफ्ना नेताको मृत्यु भएकाले छानबिन गरेर दोषी पहिचान र कारबाहीको माग गरेका छन्।  

    पुनका आफन्तहरुले पनि प्रशासन र सुरक्षा निकायले नियमित र समयमै औषधी उपचारमा ध्यान नदिएको तथा लापरबाहीका कारण मृत्यु भएको बताउँदै शव बुझेका छैनन्। 

    उपचारमा बेवास्ता गरिएकोले छानबिनको माग गर्दै मानवअधिकार आयोगमा समेत आफन्तले निवेदन दिएका छन्। पटक पटक धरौटी मागेर छाड्ने र पुनः पक्राउ गरेर हैरान बनाएको, मानसिक यातना दिएको र उपचारमा लापरबाही गरेको छोरा हिमालले गुनासो गरेका छन्।  

    माओवादी जनयुद्धमा भूमिगत भएका पुन विप्लप नेतृत्वको नेकपाको तत्कालीन जिल्ला जनसरकार प्रमुख थिए। उनलाई २०७६ फागुन ९ गते पहिलो पटक घरबाटै पक्राउ गरेर अभद्र वयवहार सम्बन्धी मुद्दा चलाइएको थियो। उनलाई कात्तिक तेस्रो हप्ता पर्वत लगिएको थियो।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology