Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

श्रद्धाञ्जली सभामा सहभागि हुन आएका सह–संयोजक तामाङमाथि विद्यार्थीहरुद्धारा दुव्र्यवहार

श्रद्धाञ्जली सभामा सहभागि हुन आएका सह–संयोजक तामाङमाथि विद्यार्थीहरुद्धारा दुव्र्यवहार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ३, २०७७ शुक्रवार • १५:५८:२३ बजे
  • 1.6K
    SHARES
  • श्रद्धाञ्जली सभामा सहभागि हुन आएका सह–संयोजक तामाङमाथि विद्यार्थीहरुद्धारा दुव्र्यवहार
    म्याग्दीको मंगला गाउँपालिका–२ निवासी विद्यार्थी नेता स्वः यामनाथ पौडेलको श्रद्धाञ्जली सभामा सहभागि हुन आएका अनेरास्ववियूका केन्द्रिय सह–संयोजक रन्जित तामाङलाई म्याग्दीमा दुव्र्यवहारको प्रयास गरिएको छ । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिनेअनेरास्ववियूका विद्यार्थीहरुले तामाङलाई म्याग्दीमा अवरोध सिर्जना गरेका हुन ।
    होटल याकमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा आफ्नो धारणा राखेर श्रद्धाञ्जली सभाको लागि बावियाचौरतर्फ जान लागेका तामाङलाई ओलि पक्षीय मानिने जिल्ला संयोजक सुवास विश्वकर्माको नेतृत्वको समुहले अवरोध सिर्जना गरेको हो ।
    गुटगत भेला र कार्यक्रम गरेको आरोप सहित समुहले अवरोधको प्रयास गरेका थिए । तर तामाङ भेलामा नभइ पत्रकार सम्मेलनमा मात्रै सहभागी थिए । ‘‘सह–संयोजक तामाङ श्रञाञ्जली सभामा भाग लिन आउनुभएको हो, उहाँ आउने जानकारी संयोजक सहित संगठनको कार्यालय टिमलाई जानकारी गराईएको थियो,  आएको समयमा पत्रकार सँग भेटघाट गरौं भनेर कार्यक्रम आयोजना गरिएको हो, कुनै गुटको भेला तथा कार्यक्रम थिएन, पत्रकार सम्मेलन सकिएकै समयमा उहाँहरु (ओली निकट) एक्कासी आएर अराजगता मच्चाउन खोज्नु भएको हो ।’’ – अनेरास्ववियूका जिल्ला सह–संयोजक रेशम कटुवालले भन्नुभयो ।
    कार्यक्रममा सबै साथीहरुलाई पनि बोलाएको भएपनि भेटघाटको लागि समेत नआएको र पत्रकार सम्मेलनलाई गुटगत भेला भनेर  अराजग समुह लिएर विथोल्ने प्रयास खेदजनक रहेको सह–संयोजक कटुवालले बताउनुभयो । होटलमै दुवै समुह विच झन्डै झडपको अवस्था सिर्जना भएको थियो ।
    ओली निकट विद्यार्थी नेताहरुले प्रचण्ड – माधव नेपाल निकट विद्यार्थीहरुलाई हातहाल्न खोजेका थिए । दुवै समुहका विच ठेलाठेलको अवस्था आएको थियो । विवादले उग्ररुप लिन थालेपछि नेपाल प्रहरीको टोली पुगेपछि विवाद साम्य भएको हो । दलबल सहित युवाहरुको जमात लिएर पुगेका जिल्ला संयोजक विश्वकर्माले भने म्याग्दी आउँदा आफुलाई जानकारी नदिएको आरोप सहित गुटगत भेला गर्न खोजेकाले त्यस्तो कार्यलाई रोक्नुपर्ने बताउनुभएको थियो ।
    केन्द्रिय सहसंयोजक जिल्लामा आउँदा समग्र अनेरास्ववियू सहितको टोलीलाई भेट्नु पर्नेमा गुटगत रुपमा भेला गर्न खोजेकाले अवरोध गरेको उहाँले बताउनुभयो । विद्यार्थी नेता पौडेलको गत शुक्रबार उपचारका क्रममा निधन भएको थियो । पौडेल तत्कालिन अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष हुन । शुक्रबार सहसंयोजक तामाङ सहित सहभागि भएर श्रद्धाञ्जली सभा कार्यक्रको आयोजना गर्ने जानकारी पाए लगत्तै ओली निकट विद्यार्थीहरुले विहिवार साँझ नै श्रद्धाञ्जली सभा गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology