Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रचण्डद्वारा ‘राजनीतिक ब्रिफिङ’, ओली नसुध्रिए थप कदम चाल्ने निश्कर्ष

प्रचण्डद्वारा ‘राजनीतिक ब्रिफिङ’, ओली नसुध्रिए थप कदम चाल्ने निश्कर्ष

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ३, २०७७ शुक्रवार • १८:५८:२३ बजे
  • 1.8K
    SHARES
  • प्रचण्डद्वारा ‘राजनीतिक ब्रिफिङ’, ओली नसुध्रिए थप कदम चाल्ने निश्कर्ष
    सत्तारुढ नेकपामा आन्तरिक विवादले उग्र रुप लिँदै गर्दा अध्यक्ष पुपकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले आफू नजिकका प्रदेश १ का जिल्ला
    पदाधिकारी तथा केन्द्रीय सदस्यको भेला गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा आज दिउँसो भएको भेलामा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपाल, झलनाथ खनाललगायतले बोलेका थिए ।
    बैठकमा प्रचण्डले पछिल्लो घटनाक्रम र पार्टीमा अबको आफूहरुको रणनीतिका बारेमा ब्रिफिङ गरेका थिए । भेलामा प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो शैली सुधार्ने कुनैपनि लक्षण नदेखिएकाले आगामी कदमका लागि आफूहरु तयार रहनुपर्ने अवस्था रहेको बताएका भेलामा सहभागी नेपालनिकट एक नेताले जानकारी दिए ।
    भेलाले प्रधानमन्त्री ओलीको कार्यशैली यथावत रहेको अवस्थामा हेरेर मात्रै बस्न नहुने निश्कर्षसहित नयाँ कदम के हुने भन्ने विषयमा पनि छलफल गरेको छ । भेलामा प्रदेश १ का १४ वटै जिल्लाका प्रचण्ड नेपाल पक्षका अध्यक्ष तथा सचिवहरु र केन्द्रीय समितिमा रहेका नेताहरु उपस्थित रहेका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology