Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी

'म मात्रै भेट्न आइरहनु पर्छ,तपाईं पनि आउनु न कहिलेकाँहि मेरोमा'भने पनि प्रम ओली प्रचण्ड निवास जादैँ

'म मात्रै भेट्न आइरहनु पर्छ,तपाईं पनि आउनु न कहिलेकाँहि मेरोमा'भने पनि प्रम ओली प्रचण्ड निवास जादैँ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष ४, २०७७ शनिवार • ०९:४२:३५ बजे
  • 2.0K
    SHARES
  • 'म मात्रै भेट्न आइरहनु पर्छ,तपाईं पनि आउनु न कहिलेकाँहि मेरोमा'भने पनि प्रम ओली प्रचण्ड निवास जादैँ
    पोखरा - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई भेट्न खुमलटार जाने भएका छन् ।

    प्रधानमन्त्री निकट स्रोतले दिएको जानकारी अनुसार प्रम ओली शनिबार बिहान १० बजेतिर प्रचण्डलाई भेट्न उनको निजी निवास खुमलटार जान लागेका हुन् ।

    पार्टीमा जारी विवाद समाधानका सन्भर्दमा कुराकानी गर्न ओली प्रचण्डको निजी निवास खुमलटार जान लागेका हुन् ।

    यसअघि हिजो (शुक्रबार) ओली र प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको थियो ।

    शुक्रबारको भेटवार्ताका क्रममा प्रचण्डले ‘म मात्रै तपाईंलाई भेट्न आइरहनु पर्छ । तपाईं पनि आउनु न कहिलेकाँहि मेरोमा,’ भने पनि प्रधानमन्त्री ओली शनिबार प्रचण्डको निजी निवास जान लागेका हुन् ।

    कोरोना भाइरसको महामारी शुरु भएदेखि प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारबाट बिरलै मात्र बाहिर निस्किएका छन् ।

    पछिल्लो समय पार्टीको सचिवालय बैठक पार्टी मुख्यालय धुम्बाराहीमा राख्न खोज्दा ओलीले सुरक्षा चुनौती रहेको भन्दै त्यहाँ जान मानेका थिएनन् । धुम्बाराहीमै बसेको स्थायी कमिटी बैठकमा ओली सहभागी भएनन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology