Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पार्टी एकतालाई जोगाउनका लागि आपसी समझदारीमा हल गर्नुको विकल्प छैन’

पार्टी एकतालाई जोगाउनका लागि आपसी समझदारीमा हल गर्नुको विकल्प छैन’

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २२, २०७७ सोमवार • २०:२९:५१ बजे
  • 1.2K
    SHARES
  • पार्टी एकतालाई जोगाउनका लागि आपसी समझदारीमा हल गर्नुको विकल्प छैन’

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले पार्टीभित्रको आन्तरिक विवाद र कलह आपसी समझदारीमा हल गर्नुको विकल्प नभएको बताउनुभएको छ । यहाँ आज आयोजित साक्षात्कारमा स्थायी कमिटी सदस्य गणेश साहले पार्टी एकतालाई जोगाउनका लागि पनि नेताहरुले आपसी सहमति कायम गर्नुपर्नेमा जोड दिए ।उनले भने– ‘अहिलेको समस्या हल गर्नका लागि एक व्यक्ति एक पदमा जानैपर्ने हुन्छ, पार्टीभित्रको आन्तरिक विवादका बारेमा पूरा देश र जनतामा चासो र चिन्ता देखिएको छ, सहमतिमा विवाद समाधान गर्न नेताहरुले प्रयत्न गर्नुपर्छ ।’ 

    images

    पूर्वमन्त्री शाहले पछिल्लो समय विवाद समाधानका लागि भइरहेको दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको वार्ता सकारात्मक रहेको उल्लेख गर्दै अध्यक्षद्वयबीचको वार्ताले आपसी मनमुटाब कम गर्न सहयोग पुगेको बताए । सरकार र पार्टी दुवैलाई प्रभावकारी रुपमा सञ्चालन गर्न पार्टीभित्रैबाट शक्तिशाली उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने उनको भनाइ छ ।अर्का स्थायी कमिटी सदस्य एनके प्रसाईले भने– ‘अहिले पार्टी फुटाउने काम कसैले पनि गर्नुहुँदैन, दुनियाँ जगत्लाई हसाउनु हुँदैन ।’ उनले स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग गर्ने एजेण्डा नभएको तर प्रधानमन्त्रीले मदन जयन्तीमा आफूलाई भारतले हटाउन खोजेको र भारतको उक्त खेलमा नेकपाका नेताहरुको सहभागिता रहेको भनेर दिएको अभिव्यक्तिका कारण नेताहरुले राजीनामा मागेको स्पष्ट पारे । पार्टी एकताका क्रममा गरिएको पाँचबुँदे सहमति पालना गर्नुपर्ने उनको भनाइ छ । 

  • सम्बन्धित विषय:

  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology