नेपाली जन-सम्पर्क समिती कुवेतको हिँजो शुक्रबार समितिका सभापती राजेन्द्र बिरहीको सभापतित्वमा बसेको मासिक बैठकले कार्यसमितिको रिक्त रहेका केहि पदमा नयाँ सदस्यलार्इ नियुक्त गरेको छ ।
नेपाली जन-सम्पर्क समिती कुवेतले नयाँ पदपुर्ती गरिएका पदहरूमा उपसभापतिमा कृष्ण बहादुर तामाङ, कोषाध्यक्षमा चिज बहादुर गुरूङ र प्रवक्तामा दयानिधि काफ्लेलार्इ नियुक्त गरेको सभापति राजेन्द्र बिरहीले जानकारी दिनुभएको छ ।
नेपाली जन-सम्पर्क समिती कुवेतका महामन्त्री कृष्ण पौडेको संयोजकत्वमा 7 सद्स्यिय समिती नेपाली कांग्रेसको १४ औ महाधिबेसनलाई मध्यनजर गरि कुवेतमा कार्यरत नेपाली कांग्रेस संग आस्था राख्ने कुवेतमा कार्यरत नेपालीहरुलाई नेपाली काङ्ग्रेसको सदस्यता बितरण गर्न गठन गरिएको छ ।
नेपाली जन-सम्पर्क समिती कुवेतका उपसभापति ज्ञानु खड्काको निवास फर्वानियामा बसेको बैठकले नयाँ सदस्यता वितरण अभियान शुरू भएको जनाएको छ भने पुरानो सदस्य नबिकरणको लागि पनि आजै बाट प्रक्रिया थाल्ने निर्णय गरेको जनाएको छ ।