Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

संसद बिघटनको व्यवस्था संविधानमा छैन: प्रवक्ता नारायणकाजी श्रेष्ठ

संसद बिघटनको व्यवस्था संविधानमा छैन: प्रवक्ता नारायणकाजी श्रेष्ठ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ५, २०७७ आइतवार • ११:२२:५४ बजे
  • 1.5K
    SHARES
  • संसद बिघटनको व्यवस्था संविधानमा छैन: प्रवक्ता नारायणकाजी श्रेष्ठ

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले संसद विघटनको सिफारिस असंवैधानिक भएको बताएका छन्।

    images

    प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर संसद विघटनको सिफारिस गर्ने निर्णय सुनाएका थिए। नेकपा प्रवक्ता श्रेष्ठले यसको चर्को विरोध गरे।

    प्रवक्ता श्रेष्ठले भने, ‘मैले भर्खरै सुने कि मन्त्रिपरिषद्को बैठकमा सबै मन्त्रीहरु पनि उपस्थित नहुँदै प्रधानमन्त्रीले संसद विघटन गरेर ताजा जनादेशमा जाने भनेर घोषणा गर्नुभयो रे। यो गैर अलोतान्त्रिक र नेपालको राजनीतिक परिर्वतनलाई पछाडि धकेल्ने अविवेकी निर्णय हो, यो लागू हुन सक्दैन।’

    यसअघि मन्त्रीहरुलाई समेत जानकारी नदिई सरकारले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो। तर, नेकपाको बुधबारको स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो। प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सहमत भएपछि संसद्को विशेष अधिवेशन माग गर्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेका नेकपा सांसदहरु निवेदन दर्ता नगरी फिर्ता भएका थिए। तर प्रधानमन्त्री ओलीले पार्टी निर्णयलाई चुनौती दिएको भन्दै विवाद थप तनाबपूर्ण बनेको छ।

    मन्त्रिपरिषदले स्रसद बिघटनको सिफारिस गरेपछि राष्ट्रिय राजनीति पेचिलो बनेको छ। आफ्नै पार्टीको एकल बहुमतको सदुपयोग गर्न नसक्दा ओली स्रसद बिघटनको आत्मघाती कदममा पुगेका छन्। मन्त्रिपरिषदको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारी स्वीकृत गरेमा नेपालको संसद बिघटन हुनेछ।

    नेपालको संविधानले राष्ट्रपतिलाई आलंकारिक भूमिका मात्र दिएका कारण मन्त्रिपरिषदको सिफारिस उनले अनुमोदन गर्ने सम्भावना छ। यसले नेपालको राजनीति फेरि भीडन्ततिर गएको छ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology