Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ओलीले घोर व्यक्तिवादी र देशघाती कदम चाले केन्द्रिय सदस्य : युबराज चौलागाईं

ओलीले घोर व्यक्तिवादी र देशघाती कदम चाले केन्द्रिय सदस्य : युबराज चौलागाईं

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ५, २०७७ आइतवार • १२:४६:१३ बजे
  • 1.8K
    SHARES
  • ओलीले घोर व्यक्तिवादी र देशघाती कदम चाले केन्द्रिय सदस्य :  युबराज चौलागाईं

    संसद बिघटनको एकलौटी निर्णय गरेर पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले घोर व्यक्तिवादी र देशघाती कदम चालेका छन् । 
    यस कदम असंबैधानिक त छंदैछ, सम्पूर्णरुपले पार्टी र देशको हित बिपरित छ, जसले शिफारिशकर्ताको पतन मात्र गर्ने छैन, नेकपालाई गंभीर अस्तित्वसंकटको मोडमा समेत पुर्याउने निश्चित छ । यो कोतपर्व वा पुष १ जत्तिकै गंभीर पश्चगामी र निरंकुश कदम हो । 


    प्रिय कमरेडहरु ! 

    आज आफ्नो सुबिधाजनक बहुमत रहेको संसद बिघटनको एकलौटी निर्णय गरेर पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले घोर व्यक्तिवादी र देशघाती कदम चालेका छन् । यस कदम असंबैधानिक त छंदैछ, सम्पूर्णरुपले पार्टी र देशको हित बिपरित छ जसले शिफारिशकर्ताको पतन मात्र गर्ने छैन, नेकपालाई गंभीर अस्तित्वसंकटको मोडमा समेत पुर्याउने निश्चित छ । यो कोतपर्व वा पुष १ जत्तिकै गंभीर पश्चगामी र निरंकुश कदम हो ।

    कमरेडहरु, पार्टी भित्र सहज बहस हुंदा कुनै पक्ष लिनु र यस्तो बेलामा पक्ष लिनुमा धेरै फरक पर्न जान्छ किनकी यो कदमको प्रभाव केही समय सम्म र नेकपामा मात्र पर्ने होइन, सन्तान दरसन्तान सम्म र देश विदेश सम्म पनि रहनेछ । तसर्थ, पूर्व समूहवाला सोचबाट माथि उठेर केपी ओलीको गलत कदमको बिरोध गर्नु आज सबै लोकतान्त्रिक र प्रगतिवादी व्यक्तिहरुको कर्तव्य हो । लामो समय कम्युनिस्ट आन्दोलनमा बिताएका, देश र जनता प्रति निस्वार्थ सेवा भाव भएका तपाई सबै कमरेडहरु संसद बिघटनको बिरुद्ध, नेकपा र देशलाई अनिश्चित ओरालो तर्फ धकेल्ने ओली कदम बिरुद्ध आन्तरिक र बाह्य रुपमा एकता तथा दृढतापूर्वक उभिनु हुनेछ भन्ने मैंले बिश्वास लिएको छ । म अनुरोध गर्दछु कि यस कदम उठाउने र समर्थन गर्ने दुबै थरीलाई नेकपाले आबश्यकता अनुरुपको संगठनात्मक कारबाही गर्ने छ ।

    केन्द्रिय सदस्य, प्रवास समन्वय कमिटी अध्यक्ष युबराज चौलागाईं ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology