Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ओलीले संसद विघटनको प्रस्ताव गरेपछि पोखरामा विद्यार्थीहरूले थाले आन्दोलन

ओलीले संसद विघटनको प्रस्ताव गरेपछि पोखरामा विद्यार्थीहरूले थाले आन्दोलन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ५, २०७७ आइतवार • १३:२०:५३ बजे
  • 1.5K
    SHARES
  • ओलीले संसद विघटनको प्रस्ताव गरेपछि पोखरामा विद्यार्थीहरूले थाले आन्दोलन

    प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव गरेपछि पोखरामा विद्यार्थीहरूले आन्दोलन थालेका छन् । प्रधानमन्त्री ओलीको प्रस्तावले लोकतन्त्रको हरण र संविधानको धज्जी उडाएको भन्दै पोखरामा विद्यार्थीले आन्दोलन थालेका हुन् ।

    images

    पोखराको पृथ्वीनारायण क्याम्पसको गेटबाहिर नेपाल कम्युनिस्ट पार्टी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्का नेता माधवकुमार नेपाल पक्षधर अनेरास्ववियुका विद्यार्थी, जनता समाजवादी पार्टीका विद्यार्थी संगठनले नाराबाजी गरेका छन् ।

    उनीहरूले केपी ओलीविरुद्ध नारा लगाउँदै संविधानमाथि ‘कू’ भएकाले चरणबद्ध आन्दोलन सुरु भएको बताएका छन् । जनताले लडेर ल्याएको लोकतन्त्र र संविधान प्रधानमन्त्री ओलीले प्रहार गरेको विद्यार्थीहरूले बताएका छन् ।

    संसद विघटनको प्रस्ताव तत्काल फिर्ता नलिए देशभर आन्दोलनको राँको बल्ने विद्यार्थीहरूले चेतावनी दिएका छन् । समाजवादी विद्यार्थी संगठनका नेता रेशम सापकोटाले हिजो जसरी ज्ञानेन्द्र ‘कू’ विरुद्ध संयुक्त विद्यार्थी आन्दोलन सुरु भए झैं प्रधानमन्त्रीविरुद्ध संयुक्त विद्यार्थी आन्दोलन सुरु भएको बताए ।

    पृथ्वीनारायण क्याम्पस अनेरास्ववियुका कार्यवाहक अध्यक्ष सन्तोष न्यौपानेले लोकतन्त्रको रक्षाका निम्ति आन्दोलन सुरु भएको बताए । प्रचण्ड-नेपाल समर्थित विद्यार्थीहरूले १ बजे पोखराको महेन्द्रपुलमा आन्दोलनको तयारी गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology