Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बहुमत मन्त्रीहरुले राजीनामा दिने तयारी

बहुमत मन्त्रीहरुले राजीनामा दिने तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ५, २०७७ आइतवार • १३:५९:४६ बजे
  • 913
    SHARES
  • बहुमत मन्त्रीहरुले राजीनामा दिने तयारी

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका मन्त्रीहरुलाई समेत नसोधी संसद बिघटनको प्रस्ताव गरेपछि बहुमत मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका छन्। मन्त्रीहरुले केहीबेरमा पत्रकार सम्मेलन गरेर सरकारबाट बाहिरिने निर्णय लिने ती मन्त्रीले बताए।

    images

    ‘एउटै क्याबिनेटमा भएका मन्त्रीहरुलाई जानकारीसमेत नदिई अध्यादेश ल्याइयो। आइतबारको मन्त्रिपरिषद बैठकमा पनि हामीलाई त्यस्तै गरियो’ ती मन्त्रीले भने, ‘गल्ती प्रधानमन्त्रीले गर्ने, दोषी हामी सबै मन्त्री हुनुपर्ने कुरा ठीक होइन।’

    प्रधानमन्त्री ओलीले गरेको संसद बिघटनको सिफारिस राष्ट्रपति कार्यालयमा पुगेको छ। राष्ट्रपतिले सिफारिस स्वीकृत गर्ने वा नगर्ने विषयमा अहिलेसम्म औपचारिक जानकारी आइसकेको छैन। यद्यपि, राष्ट्रपतिका एक जना सल्लाहकार लालबाबु यादवले सरकारले गरेको सिफारिसलाई राष्ट्रपतिले रोक्न नमिल्ने बताइसकेका छन्।

    मन्त्रीहरुले सामूहिक रुपमा पत्रकार सम्मेलन गर्ने तयारी गरे पनि राष्ट्रपतिको निर्णयपछि मात्र पत्रकार सम्मेलनको आधिकारिक जानकारी दिइने ती मन्त्रीले बताए। उनका अनुसार राष्ट्रपतिले विवेक पुर्‍याएमा देशमा विद्यमान संकट तत्कालका लागि समाधान हुनेछ। यदि राष्ट्रपतिले असंवैधानिक सिफारिसलाई अनुमोदन गरेमा ओली सरकारमा बसिरहनुको कुनै औचित्य छैन।

    पत्रकार सम्मेलन कहाँ र कतिबेला हुने भन्ने विषय खुलाइएको छैन। तर, राष्ट्रपति विद्यादेवी भण्डारीले संसद बिघटनको सिफारिस स्वीकृत गरेमा नेकपाका बहुमत मन्त्रीहरु सरकारबाट बाहिरिने निश्चित छ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology