Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मन्त्रीले दिए सामूहिक राजीनामा

प्रधानमन्त्रीको कदमप्रति असहमति जनाउँदै मन्त्रिपरिषद्का ७ मन्त्रीले दिए सामूहिक राजीनामा

प्रधानमन्त्रीको कदमप्रति असहमति जनाउँदै मन्त्रिपरिषद्का ७ मन्त्रीले दिए सामूहिक राजीनामा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष ५, २०७७ आइतवार • १६:३९:३५ बजे
  • 1.7K
    SHARES
  • प्रधानमन्त्रीको कदमप्रति असहमति जनाउँदै मन्त्रिपरिषद्का ७  मन्त्रीले दिए सामूहिक राजीनामा
    संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमप्रति असहमति जनाउँदै प्रधानमन्त्री केपी ओली नेतृत्वको मन्त्रिपरिषद्का ७ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।  

    राजीनामा दिनेमा पूर्वमाओवादी निकट र पूर्वएमाले निकटका माधव नेपाल समूहका मन्त्रीहरु रहेका छन् । 


    आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर उनीहरुले राजीनामाको घोषणा गरेका हुन् ।  राजीनामा दिने मन्त्रीहरुमा कृषि मन्त्री घनश्याम भुषाल र पर्यटन मन्त्री योगेश भटराईसहित उर्जामन्त्री वर्षमान पुन, वन मन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, श्रममन्त्री रामेश्वर राय यादव र खानेपानी मन्त्री विना मगर रहेका छन् । 

    आजै प्रधानमन्त्री ओलीले संसद विघटनको सिफारिस गरेका थिए भने त्यसलाई राष्ट्रपति विद्या भण्डारीले स्वीकृति गरिसकेकी छिन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology