Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

संवैधानिक निकायहरुमा रिक्त रहेका पदमा अख्तियार प्रमुख आयुक्तमा प्रेमकुमार राई सिफारिस (सिफारिसको सूचीसहित)

संवैधानिक निकायहरुमा रिक्त रहेका पदमा अख्तियार प्रमुख आयुक्तमा प्रेमकुमार राई सिफारिस (सिफारिसको सूचीसहित)

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष ५, २०७७ आइतवार • १६:५८:३७ बजे
  • 1.8K
    SHARES
  • संवैधानिक निकायहरुमा रिक्त रहेका पदमा अख्तियार प्रमुख आयुक्तमा प्रेमकुमार राई सिफारिस (सिफारिसको सूचीसहित)
    संवैधानिक परिषद्ले संवैधानिक निकायहरुमा रिक्त रहेका पदमा सिफारिस गरेको छ। 

    परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राईलाई सिफारिस गरेको छ। त्यसैगरी सदस्यहरुमा जयबहादुर चन्द र किशोरकुमार सिलवाल सिफारिस भएका छन्। 

    निर्वाचन आयोगमा रामप्रसाद भण्डारी, डा। जानकी तुलाधर सिफारिस भएका छन्। 

    मानव अधिकार आयोगको अध्यक्षमा अध्यक्ष तपबहादुर मगर र सदस्यहरुमा मनोज दुवाडी, डा। सूर्य ढुंगेल, लिलि बस्नेत थापा र मिही ठाकुर सिफारिस भएको स्रोत बताउँछ। 

    राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा जुद्ध गुरुङ र सदस्यमा अमरराज मिश्र सिफारिस भएका छन्।  

    महिला आयोगको अध्यक्षमा कमलाकुमारी पराजुली र सदस्यहरुमा कृष्णकुमारी पौडेल खतिवडा र विद्याकुमारी सिन्हा सिफारिस छन्। 

    दलित आयोगको अध्यक्षमा देवराज विक र सदस्यहरुमा मिना सोभ, परशुराम रम्तेल, कुञ्ज बराइली र मेहेले पार्कीलाई सिफारिस भएका छन्। 

    राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा मनप्रसाद खत्री र सदस्यहरुमा रामचन्द्र जोशी, हरिभक्त जोशी, 
    जितेन्द्र पाश्वान छन्। 

    आदिवासी आयोगमा रामबहादुर थापा अध्यक्षमा र सदस्यमा मीन श्रीस मगर, मिनसिंह लामा, रिना राना र चरण राई सिफारिसमा परेका छन्। 

    मधेसी आयोगमा जिवक्ष साह, रेणुदेवी साह र विजय गुप्ता सिफारिस छन्।

    थारु आयोगमा विकास चौधरी, बबिता चौधरी, सुबोधसिंह थारु र भोलाराम चौधरी सिफारिस भएका छन्। 

    मुस्लिम आयोगमा महमुद्दिम अलि र मिर्जा अर्सद बेग सिफारिस भएको स्रोतले जानकारी दिएको छ। 

    संवैधानिक परिषद्बाट सिफारिस भएका संवैधानिक निकायका पदाधिकारीको संसदीय सुनुवाइ हुने प्रावधान छ। समितिबाट स्वीकृत भएपछि राष्ट्रपतिले नियुक्त गर्छन्। तर, अहिले संसद् नभएकाले सिधै राष्ट्रपतिले नियुक्त गर्ने अवस्था देखिएको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology