Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अविश्वास प्रस्ताव

संसद विघटन अघि नै नेकपाका ९० सांसदले दर्ता गरेका थिए प्रधानमन्त्रीविरूद्ध अविश्वास प्रस्ताव

संसद विघटन अघि नै नेकपाका ९० सांसदले दर्ता गरेका थिए प्रधानमन्त्रीविरूद्ध अविश्वास प्रस्ताव

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष ५, २०७७ आइतवार • १७:१४:०१ बजे
  • 1.9K
    SHARES
  • संसद विघटन अघि नै नेकपाका ९० सांसदले  दर्ता गरेका थिए प्रधानमन्त्रीविरूद्ध अविश्वास प्रस्ताव
    आइतबार बिहान नेकपाका ९० सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद सचिवालयमा दर्ता गराएको अविश्वास प्रस्तावमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरिएको थियो । संविधानमा प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउँदा प्रस्तावित प्रधानमन्त्रीको नाम उल्लेख गर्नुपर्ने प्रावधान राखिएको छ । 

    ९० सांसदले हस्ताक्षर गरेको प्रस्तावको पहिलो नम्बरमा नेकपा अध्यक्ष दाहालले हस्ताक्षर गरेका छन् भने उनीपछि वरिष्ठ नेता झलना खनाल र माधव कुमार नेपालले हस्ताक्षर गरेका छन् । मन्त्रीहरु गिरिराजमणि पोखरेल, वर्षमान पुन, विना मगर, शक्तिबहादुर बस्नेत र रामेश्वर राय यादवले पनि प्रस्तावमा हस्ताक्षर गरेका छन् । यी सबै मन्त्रीले आइतबार नै पत्रकार सम्मेलन गरी पदबाट राजीनामा दिइसकेका छन् ।


    प्रस्तावमा प्रधानमन्त्री ओलीले संसद विघटनको सिफारिस गरेको सूचना सञ्चार माध्यमबाट सुन्नमा आएको भन्दै यसले नेपालको संविधानलाई आघात पुर्‍याएको भन्दै 'प्रतिनिधिसभामा बहुमत हुँदाहुँदै जनताका प्रतिनिधिप्रति अविश्वास गर्नुभई प्रधानमन्त्री पदबा बसिरहन नसक्ने स्थिति स्वयंले स्वीकार गर्नुभएको' उल्लेख गरिएको छ ।

    प्रस्तावमा संविधानको धारा ९३ को उपधारा ३ बमोजिम संसद बैठक बोलाउन माग गरिएको छ । यो प्रस्ताव दर्ता भएलगत्तै राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा संसद विघटन गरेकी थिइन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा २०७८ वैशाख १७ र २७ गते दुई चरणमा प्रतिनिधिसभा निर्वाचनको घोषणा पनि गरेकी छन् ।
    132042471_156337372893077_8525156485733881856_n.jpg132045026_420290369096891_3669353829134496681_n.jpg
    ई कान्तिपुरवाट साभार

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology