Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरामा नेकपाकै युवा विद्यार्थीले प्रधानमन्त्री ओलीको पुत्ला जलाए

पोखरामा नेकपाकै युवा विद्यार्थीले प्रधानमन्त्री ओलीको पुत्ला जलाए

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष ५, २०७७ आइतवार • १७:३८:१४ बजे
  • 1.1K
    SHARES
  • पोखरामा नेकपाकै युवा विद्यार्थीले प्रधानमन्त्री ओलीको पुत्ला जलाए
    प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद विघटन गरेको विरुद्ध पोखरामा नेकपाकै युवा विद्यार्थीले प्रधानमन्त्री ओलीको पुत्ला जलाएका छन। 

    नेकपाको भ्रातृ संस्था अनेरास्ववियु र राष्ट्रिय युवा संघका नेता कार्यकर्ताले आइतबार पोखरामा प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन्। 

    पुत्ला जलाएपछि आयोजित विरोध सभामा बोल्दै अनेरास्ववियुका केन्द्रीय सदस्य क्षितिज सापकोटाले प्रधानमन्त्री ओलीले आन्दोलनको आँधी सामना गर्न तयार हुनुपर्ने बताए।  

    प्रधानमन्त्री ओलीले सिफारिस गरेको संसद विघटन प्रस्ताव संवैधानिक ‘कू’ भएको उनले बताए। विगतमा आन्दोलनकै बलबाट राजा महाराजा फालेको भन्दै उनले ओलीलाई पनि आन्दोलनबाटै फाल्ने चेतावनी दिए।

    सभालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य पूर्ण लामाले प्रधानमन्त्री ओलीकै कारण सरकार र नेकपा बदनाम भएको बताए। ओलीको स्वच्छाचारी शैली नसच्याए आन्दोलनको बलबाट सच्याउने र पार्टीबाट कारबाही हुने उनको भनाइ छ। 

    यस्तै, नेकपाका प्रचण्ड–नेपाल पक्षका विद्यार्थी र समाजवादी विद्यार्थी युनियनले पृथ्वीनारायण क्याम्पस गेटमा पनि प्रधानमन्त्री ओलीको पुत्ला जलाएका छन्। पुत्ला जलाउने र टायर बाल्ने क्रममा केहीबेर प्रहरीसँग तनाव भएको समाजवादी विद्यार्थी युनियनका केन्द्रीय उपाध्यक्ष नेत्र चापागाईंले बताए।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology