Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेकपा स्थायी समिति बैठक सकियो, प्रधानमन्त्री ओलीमाथि अनुशासनकाे कारबाही (भिडियो)

नेकपा स्थायी समिति बैठक सकियो, प्रधानमन्त्री ओलीमाथि अनुशासनकाे कारबाही (भिडियो)

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ५, २०७७ आइतवार • १७:५८:२२ बजे
  • 2.1K
    SHARES
  • नेकपा स्थायी समिति बैठक सकियो, प्रधानमन्त्री ओलीमाथि अनुशासनकाे कारबाही (भिडियो)

    नेकपाको स्थायी समिति बैठक सकिएको छ । बैठकले संसद विघटनको विरोध गर्दै प्रधानमन्त्रीको अलोकतान्त्रिक कदमको आलोचना गरेको छ ।

    images

    बैठकले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको विधानको धारा ५६ अनुसार अनुशासनको कारबाही गर्ने निर्णय गरेको हो । संसद विघटन गर्नु अलोकतान्त्रिक कदम भएकाले कारबाहीको निर्णय गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

    यस्तै, बैठकले स्थायी कमिटीको एउटा रिक्त रहेको स्थानमा पूर्वसभामुख कृष्ण बहादुर महरालाई नियुक्त गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको छ ।

    बैठकले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिमार्फत भएको संसद विघटनलाई अलोकतान्त्रिक कदम भन्दै घोर भर्त्सना गरेको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology