Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपालको संविधान

संविधानका दुई धाराको प्रयोग गरी प्रतिनिधिसभाको विघटन,के छ धारा ७६ र ८५ मा ?

संविधानका दुई धाराको प्रयोग गरी प्रतिनिधिसभाको विघटन,के छ धारा ७६ र ८५ मा ?

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष ५, २०७७ आइतवार • १८:३३:२९ बजे
  • 1.2K
    SHARES
  • संविधानका दुई धाराको प्रयोग गरी प्रतिनिधिसभाको विघटन,के छ धारा ७६ र ८५ मा ?
    राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानका दुईवटा धाराको प्रयोग गरी प्रतिनिधिसभाको विघटन गरेकी छन् ।

    उनले संविधानको धारा ७६ (१), धारा ७६ (७) र धारा ८५ प्रयोग गरी ताजा जनादेशका लागि सरकारको सिफारिसबमोजिम आगामी वैशाख १७ र २७ गतेका मिति तोकेकी हुन् ।

    संविधानको धारा ७६ (१) मा प्रतिनिधिसभामा बहुमतप्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने र निजका अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुने व्यवस्था छ ।

    यस्तै, धारा ७६ (७) को उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोकिने व्यवस्था छ ।

    यसैगरी, धारा ८५ (१) मा  संविधानबमोजिम अगावै विघटन भएकामा बाहेक प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षको हुने व्यवस्था छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology