Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चर्चामा श्रीदेवी पुत्रीको एल्लो ड्रेस

चर्चामा श्रीदेवी पुत्रीको एल्लो ड्रेस

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ५, २०७७ आइतवार • १९:१३:३६ बजे
  • 2.4K
    SHARES
  • चर्चामा श्रीदेवी पुत्रीको एल्लो ड्रेस

    एजेन्सी । भारतीय फिल्म उद्योगकी चर्चित अभिनेत्री श्रीदेवीकी छोरी जाह्नवी कपुरको पहेँलो ड्रेसलाई लिएर बलिउडमा चर्चा भइरहेको छ । हालै जाह्नवीले एक निक्कर पहेँलो ड्रेसका साथ एक विज्ञापनको सुटिङ्ग गरिरहेको फोटो सार्वजनिक भएको छ ।

    images

    उनको उक्त फोटो नै आजभोलि चर्चाको विषय बनेको हो । उनले लगाएको उक्त ड्रेसको दाम धेरै भएर चर्चा भएको नभई धेरै सस्तो भएर चर्चा भएको हो । उक्त ड्रेस भारतीय बजारमा ८ सय २४ भारतीय रुपैयाँ पर्ने बताइएकाे छ ।

    उनको पछिल्लो फिल्म नेटफ्लिक्समा रिलिज भएको थियो । फिल्मकाे नाम थियो गुञ्जन सक्सेना, द कार्गिल गर्ल । उनी हालै राजकुमार राव र वरुण शर्माका साथ रुहीआफ्जामा देखा पर्दैछन् । सन् २०२१ मा यो फिल्म रिलिज हुने बताइएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology