Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ओलीले बोलाए आफू पक्षीय नेताहरुको भेला

ओलीले बोलाए आफू पक्षीय नेताहरुको भेला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ५, २०७७ आइतवार • १९:३८:३४ बजे
  • 1.4K
    SHARES
  • ओलीले बोलाए आफू पक्षीय नेताहरुको भेला
    प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफूपक्षीय नेताहरूको भेला बोलाएका छन्। ओलीले सोमबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा आफू पक्षीय नेताहरूको भेला बोलाएका हुन्। प्रधानमन्त्रीले आफूपक्षीय सांसदहरूको भेला बोलाएको ओली पक्षका एक नेताले जानकारी दिए ।


    उनका अनुसार भेलामा ओलीपक्षीय विघटित प्रतिनिधिसभाका सांसद र केन्द्रीय नेताहरूको उपस्थिति हुने छ । प्रतिनिधिसभा विघटनपछि  बसेको नेकपा स्थायी कमिटी बैठकले पार्टीका अध्यक्ष ओलीलाई अनुशासनको कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।  


    बैठकले ओलीमाथि अनुशासनको कारबाहीका लागि केन्द्रीय समितिमा प्रस्ताव लैजाने निर्णय गरेको थियो । त्यसका लागि केन्द्रीय समिति बैठक पुस ७ गतेका लागि बोलाइएको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology