Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

संसद विघटन विरोधमा बागलुङमा प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन

संसद विघटन विरोधमा बागलुङमा प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष ५, २०७७ आइतवार • २३:०९:४२ बजे
  • 1.3K
    SHARES
  • संसद विघटन विरोधमा बागलुङमा प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन
    संसद विघटनको विरोधमा बागलुङमा युवा विद्यार्थीहरुले प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेका छ्न।

    आइतबार साँझ बागलुङ बजारको लोकतान्त्रिक चोकमा नेकपा निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन, राष्ट्रिय युवा संघ नेपाल बागलुङ र नेपाल विद्यार्थी संघ बागलुङले प्रदर्शन गरेका हुन् । उनीहरुले केपी ओलीको प्रतिगामी कदम मान्दैनौँ, संघिय गणतन्त्र जिन्दावाद भन्दै चर्का नारा लगाए ।

    विरोध सभामा बोल्दै अनेरास्ववियुका केन्द्रिय सदस्य जीवन शर्माले निर्णय नसच्चाए कडा आन्दोलन गर्ने चेतवानी दिए ।

    राष्ट्रिय युवा संघ बागलुङका अध्यक्ष रेशम घर्तिले प्रधामन्त्रीले लिएको कदम राष्ट्रहित विपरित रहेको बताए । अनेरास्ववियु र राष्ट्रिय युवासंघको कार्यक्रम सकिएलगत्तै नेविसंघले प्रधानमन्त्रीको पुत्ला दहन गरेको थियो । नेविसंघले सरकार, दुईतिहाई बहुमत र राष्ट्रपति समेतलाई कटाक्ष गर्दै नाराबाजी गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # पुत्ला दहन
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology