Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

व्यक्तिको विरोधले एकीकृत संरचना र एकतालाई भत्काउन सक्दैन् : प्रचण्ड

व्यक्तिको विरोधले एकीकृत संरचना र एकतालाई भत्काउन सक्दैन् : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ६, २०७७ सोमवार • ११:५१:२९ बजे
  • 1.3K
    SHARES
  • व्यक्तिको विरोधले एकीकृत संरचना र एकतालाई भत्काउन सक्दैन् : प्रचण्ड

    सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का कार्यकारी अध्यक्ष पुष्ककमल दाहाल प्रचण्डले एक व्यक्तिको गतिविधिले पार्टी एकता नभत्कने बताएका छन् ।

    images

    प्रचण्डले सोमबार एक प्रेस वक्तव्य जारी गर्दै भनेका छन्, ‘कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन सक्दैन् ।’ प्रचण्डको वक्तव्यमा भनिएको छ, ‘हाम्रो पार्टीका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको प्रतिनिधिसभा विघटनको असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, पश्चगामी एवम् स्वेच्छाचारी कदमलाई हिजो बसेको स्थायी कमिटीको बैठकले विरोध एवम् भत्र्सना गर्दै पूर्ण रुपमा अस्वीकार गर्ने र पार्टी अध्यक्ष कमरेड ओलीलाई अनुशासनको कारबाहीका निम्ति स्पष्टिकरण माग्ने निर्णय गरेको बिषय सार्वजनिक भइसकेको छ ।’

    प्रचण्डले पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, पार्टी पङ्क्ति र आम–जनसमुदायलाई पार्टी एकतावद्ध भएको दाबी गरेका छन् । कुनै व्यक्तिले पार्टी, राष्ट्र र जनता विरोधी कार्य गरे पनि एकतालाई कुनै असर नपर्ने उनकाे भनाइ छ ।

    प्रचण्डले वक्तव्यमार्फ भनेका छन्, ‘नेपाली जनताले ठूलो त्याग र बलिदानपूर्ण संघर्षको परिणाम स्वरुप प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र सहितको राजनीतिक परिवर्तनको रक्षा गर्नु आजको ऐतिहासिक कार्यभार हो ।’

    प्रचण्डले राष्ट्रको समृद्धि र नेपाली कम्युनिष्ट आन्दोलनको भविष्यका निम्ति पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृति र तत्वहरुका विरुद्ध एकतावद्ध भएर उभिन आग्रह गरेका छन् । ‘कुनै भ्रमात्मक प्रचारमा नपर्न पनि म सबैलाई अपील गर्दछु ।’ उनले भनेका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology