Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रचण्ड पक्षले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक,ओली पक्षले बहिष्कार गर्ने

प्रचण्ड पक्षले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक,ओली पक्षले बहिष्कार गर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ६, २०७७ सोमवार • १३:३३:४५ बजे
  • 1.5K
    SHARES
  • प्रचण्ड पक्षले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक,ओली पक्षले बहिष्कार गर्ने

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समितिको आकस्मिक बैठक भोलि बोलाएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलिका लागि बैठक बोलाएका हुन् । अर्का अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेपछि उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल गर्न भोलि बैठक बोलाइएको हो ।

    images

    बैठक काठमाडौंको बबरमहलस्थित कार्की व्याङ्क्वेटमा दिनको १ बजेका लागि बोलाइएको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जनाएका छन् ।

    प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि ओली र प्रचण्ड पक्षको छुट्टाछुट्टै भेला र छलफल हुँदै आएका छन् ।

    केन्द्रीय समितिका सबैलाई बैठकमा आउन भनिएपनि ओली पक्षधर केन्द्रीय समिति सदस्यहरुले भने बहिष्कार गर्ने भएका छन् । एक केन्द्रीय सदस्यले भने, ‘प्रचण्डले बोलाएको बैठकमा हामी जाँदैनौं ।’

    बैठकमा उपस्थित हुनका लागि डाकिएको सूचना यस्तो छ–

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समितिको आकस्मिक बैठक भोलि २०७७ पौष ७ गते १ः०० बजे कार्की व्याङ्केट, बबरमहल, काठमाडौंमा हुने भएकाले उपस्थितिको लागि अनुरोध छ । – श्रीराम ढकाल, सचिव, केन्द्रीय कार्यालय

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # प्रचण्ड
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology