Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरामा ओलीको समर्थनमा प्रदर्शन

पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रदर्शन

पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रदर्शन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष ६, २०७७ सोमवार • १४:३८:३० बजे
  • 1.6K
    SHARES
  • पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रदर्शन
    पोखरा-  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युवा र विद्यार्थी संगठनको एक समूहले पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा प्रदर्शन गरेका छन्।

    संसद विघटनको पक्षमा रहेको समूहले ‘नेपाल कम्युनिस्ट पार्टी हाम्रै हो, सूर्य चिह्न हाम्रै हो। यो बिना प्रचण्ड माधवले चुनाव जितेर देखाऊ।’ जस्ता नारावाजी गरका छन्।

    उनीहरुले सही पनि एमाले, मै पनि एमाले भन्दै नारा लगाएका छन्। प्रदर्शनकारीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालबीचको गठबन्धनलाई आपराधिकको संज्ञा दिएका छन्।

    प्रदर्शनमा युवा संघका पूर्वअध्यक्ष तथा प्रदेश सांसद राजीव पहारी, पोखरा महानगरका ईन्चार्ज दीपक पौडेललगायतको सहभागिता रहेको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology