Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

देशवासीका नाममा सम्बोधन

जननिर्वाचित सरकारलाई घेराबन्दी गरी काम गर्न नदिइएका कारण आफू बाध्य भए - प्रधानमन्त्री ओली

जननिर्वाचित सरकारलाई घेराबन्दी गरी काम गर्न नदिइएका कारण आफू बाध्य भए - प्रधानमन्त्री ओली

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष ६, २०७७ सोमवार • १५:५५:४९ बजे
  • 1.1K
    SHARES
  • जननिर्वाचित सरकारलाई घेराबन्दी गरी काम गर्न नदिइएका कारण आफू बाध्य भए - प्रधानमन्त्री ओली
    प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो रूचिले प्रतिनिधि सभा विघटनको निर्णय नगरेको बताएका छन्। सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जननिर्वाचित सरकारलाई घेराबन्दी गरी काम गर्न नदिइएका कारण आफू बाध्य भएर नयाँ जनादेशका लागि चुनावमा जाने निर्णय गरेको बताए।

    “जननिर्वाचित सरकारले काम गर्न नपाएपछि पुनरावेदन गर्न जाने ठाउँ भनेको सार्वभौमसत्ता सम्पन्न जनतामा हो,” प्रधानमन्त्री ओलीले भने, “विपक्षी दलका नेता र नेकपाकै कतिपय नेताहरूलाई आफ्नो लोकप्रियता र अजेण्डा परीक्षण गर्ने मौका पनि निर्वाचनले दिनेछ। कुनै पनि कुरामा नअल्झिकन चुनावमा केन्द्रीत हुन म सबैलाई आग्रह गर्छु।”

    जनतालाई फैसला गर्न दिनु नै सर्वोत्तम लोकतान्त्रिक विधि भएको भन्दै प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटनको निर्णय गरेको बताए। सत्तारूढ नेकपाका कतिपय नेताहरूले प्रतिपक्षी दलका नेताले भन्दा चर्को स्वरमा सरकारको विरोध गर्दै आएको पनि उनले गुनासो गरे।

    साथै, सरकारले संसदमा पेश गरेका कतिपय प्रस्तावलाई संसदमा छलफलसमेत गर्न नदिई रोकेर राखेकोमा पनि प्रधानमन्त्री ओलीको गुनासो थियो।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology