Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना महामारी फैलनुमा बन्यजन्तुको हत्या मुख्य कारण

कोरोना महामारी फैलनुमा बन्यजन्तुको हत्या मुख्य कारण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २३, २०७७ मंगलवार • ०८:३७:१४ बजे
  • 1.7K
    SHARES
  • कोरोना  महामारी फैलनुमा बन्यजन्तुको हत्या मुख्य कारण

    एजेन्सी । कोरोना भाइरसलगायत थुप्रैखाले रोगको महामारी फैलनुमा बन्यजन्तुको हत्यालाई मुख्य कारण मानिएको छ । संयुक्त राष्ट्रसंघको वातावरण कार्यक्रम तथा अन्तर्राष्ट्रिय पशुसेवा अनुसन्धान निकायले यस्तो बताएको हो । वन्यजन्तु तथा वातावरण संरक्षणमा चासो नदिने हो भने जनावरबाट मानिसमा सर्ने रोग झन् झन् बढ्दै जाने राष्ट्रसंघका विज्ञहरूले चेतावनी दिएका छन्।

    images

    संयुक्त राष्ट्रसंघको वातावरण कार्यक्रम तथा अन्तर्राष्ट्रिय पशुसेवा अनुसन्धान निकायले तयार पारेको प्रतिवेदनले त्यस्तो रोग सार्न प्रकृतिलाई क्षय हुने मानवीय गतिविधिलाई कारक ठानेको छ। कोरोना भाइरस जस्तो रोगको उत्पत्ति हुनुमा पनि उनीहरूले जनावरको मासुप्रति मानिसहरुको बढ्दो माग, अनुचित कृषि अभ्यास तथा जलवायु परिवर्तन मुख्य कारण भएको विज्ञहरुले बताएका छन्। मानव, जनावर र वातावरणीय स्वास्थ्यबीच तादात्म्य हुनुपर्ने राष्ट्रसंघीय निकायले बताएको छ। बेवास्ता गरिंदै आएको जुनोटिक भनिने जनावरबाट सर्ने रोगले हरेक वर्ष बीस लाख मानिसको ज्यान गइरहेको उसले बताएको छ। अहिले जारी कोरोना भाइरस संक्रमणको महामारीले आगामी दुई वर्षभित्र विश्व अर्थतन्त्रमा ९० खर्ब डलरको नोक्सानी पुर्‍याउने बिबिसीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology