Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेकपाले निर्वाचन आयोगमा बुझायो अध्यक्ष ओलीलाई कारबाही गरेको पत्र

नेकपाले निर्वाचन आयोगमा बुझायो अध्यक्ष ओलीलाई कारबाही गरेको पत्र

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ६, २०७७ सोमवार • १६:४२:३६ बजे
  • 967
    SHARES
  • नेकपाले निर्वाचन आयोगमा बुझायो अध्यक्ष ओलीलाई कारबाही गरेको पत्र

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गरेको जानकारी पत्र निर्वाचन आयोगमा बुझाएको छ । सोमबार नेकपा स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले अध्यक्ष ओलीलाई कारबाही गरिएको पत्र आयोगमा बुझाएका हुन् ।

    images

    आयोगलाई बुझाइएको पत्रमा अध्यक्ष ओलीलाई कारबाही गरिनुका सबै कारण समेत खुलाइएको बताइएको छ । संसद विघटन गर्ने निर्णयपछि आइतबार दिउँसो बालुवाटारमा बसेको नेकपा स्थायी समिति बैठकले ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गर्दै अनुशासनको कारबाही गरेको थियो । सो निर्णयलाई आज निर्वाचन आयोगको कार्यालय पुगेर जानकारी गराइएको पोखरेलले जानकारी दिएका छन् ।

    ‘अध्यक्ष केपी ओलीलाई कारबाही गर्न स्थायी कमिटीले निर्णय गरिसकेको र त्यसलाई अनुमोदन केन्द्रीय समित बैठकले गर्ने जानकारी निर्वाचन आयोगलाई गराउनु पर्छ । किनभने, आयोगले स्थायी कमिटी चिन्दैन । केन्द्रीय कमिटी मात्रै चिन्ने भएकाले सो बारेको जानकारी गराएर आएका छौँ’, पोखरेलले भने । आजै संसद विघटनविरुद्ध नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहका ८५ निवर्तमान सांसदले हस्ताक्षर संकलन गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology