प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि असन्टुष्ट बनेका नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बरिष्ठ नेता माधव कुमार नेपाल समूहसहित प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीचको बैठक सकिएको छ ।
कांग्रेस पार्टी कार्यालय सानेपामा बसेको बैठकले तीन दलको केन्द्रीय कमिटी बैठक पछि थप छलफल गरेर ओलीको कदमको प्रतिवादका लागि थप कार्यक्रम निर्धारण गर्ने सहमति गरेको छ ।
संसद् विघटनपछिका घटनाक्रमबारे गहन छलफलका लागि नेपाली कांग्रेसले पार्टी कार्यालय सानेपामा सर्वदलीय बैठक बोलाएको थियो ।