Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

वरिष्ठ नेता झलनाथ खनालसँग चिनियाँ राजदूतको एकघन्टा छलफल

वरिष्ठ नेता झलनाथ खनालसँग चिनियाँ राजदूतको एकघन्टा छलफल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २३, २०७७ मंगलवार • ११:३९:१५ बजे
  • 2.4K
    SHARES
  • वरिष्ठ नेता झलनाथ खनालसँग चिनियाँ राजदूतको एकघन्टा छलफल

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विवाद उत्कर्षमा पुगेका बेला नेपालका लागि चिनियाँ राजदूतको सक्रियता थप बढेको छ । राजदूत होउ यान्छीले बिहान नेकपा वरिष्ठ नेता झलनाथ खनालसँग झण्डै एकघन्टा भेटवार्ता गरेकी छन् ।
    नेकपा भित्रको विवाद उत्कर्षमा पुगेका बेला राजदूत होउ यान्छीको भेटवार्तालाई महत्वपूर्ण रुपमा लिइएको छ । बिहान ९ बजे डल्लुस्थित खनाल निवासमा पुगेकी राजदूत यान्छीले समसामयिक विषयबस्तुमा छलफल गरेकी थिइन् ।

    images

    खनालको सचिवालयले दुई देशको आपसी हितका विषयमा खनाल र राजदूत यान्छीबीच कुराकानी भएको जनाएको छ । यसअघि आइतबार बेलुकी यान्छीले नेकपा वरिष्ठ नेता माधव कुमार नेपाललाई भेटेकी थिइन् ।

    नेकपामा विवाद उत्कर्षमा पुगिरहेका बेला यान्छीको सक्रियतालाई अर्थपूर्णरुपमा लिइएको छ ।

    यसअघि पनि राजदूतकै सक्रियताले नेकपाको विवाद मत्थर भएको अनुमान गरिएको थियो । यसअघि वैशाखमा विवाद उत्कर्षमा पुगेका बेला यान्छीले नेकपाका नेताहरुलाई भेटेकी थिइन् ।

  • सम्बन्धित विषय:

  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology