Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

मुख्यमन्त्री राईको मन ढुंगा

प्रदेश नम्बर १ मुख्यमन्त्री राईको मन ढुंगाको बनेपछि दुर्घटनाका घाइते सडकमै तड्पिएर ज्यान गुमाए

प्रदेश नम्बर १ मुख्यमन्त्री राईको मन ढुंगाको बनेपछि दुर्घटनाका घाइते सडकमै तड्पिएर ज्यान गुमाए

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष ७, २०७७ मंगलवार • ११:२३:१३ बजे
  • 2.5K
    SHARES
  • प्रदेश नम्बर १ मुख्यमन्त्री राईको मन ढुंगाको बनेपछि दुर्घटनाका घाइते सडकमै तड्पिएर ज्यान गुमाए
    र ज्यान गुमाएसोमबार मोरङको बेलबारी ४ मा एक सडक दुर्घटना भयो। पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२२ च। २२४२ न। को पिकअप भ्यानले दक्षिणतर्फ बाटो काट्दै गरेको को ३५ प ५९७५ न। को स्कुटिलाई ठक्कर दिदाँ एकजनाको मृत्यु भएको छ । स्कुटर दुर्घटनामा परी बेलबारी नगरपालिका ११ का ४३ वर्षीय अर्जुन खत्री र सोही स्थानका ६३ वर्षीय दुर्गा भण्डारी घाइते भए।

    पूर्व पश्चिम राजमार्गमा भएको सो दुर्घटनामा परी घाइतेहरु सडकमा तड्पिदा पनि मानिसहरुले हेरिरहे, उनीहरुको उद्धार भए। यसैक्रममा झापाबाट आउँदै गरेका मुख्यमन्त्री शेरधन राईको सवारी लस्कर सोही स्थानमा पुग्यो। तर, सो लस्करले पनि घाइतेलाई सडकमै छोडेर हिँड्यो। लस्करमा मुख्यमन्त्री राईले सडकमा भएको दुर्घटना हेर्न चाहेनन्। उनीसँगै रहेका सुरक्षाकर्मीलाई उनले उद्धार गर्न भनेनन्।

    मुख्यमन्त्रीको लस्कर त्यहाँबाट गएको केही समयपछि प्रहरी त्यहाँ पुगेर घाइतेको उद्धार गर्यो। तर, उद्धारमा ढिलाई भइसकेको थियो। घाइते मध्ये खत्रीको निधन भइसकेको छ। अर्को घाइते भण्डारीको उपचार भइरहेको प्रहरीले जनाएको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology