Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना भाइरस शक्तिशाली बन्दै,आगामी दिनमा खोपले पनि काम नगर्ने अवस्था आउन सक्ने भन्दै चिन्ता व्यक्त

कोरोना भाइरस शक्तिशाली बन्दै,आगामी दिनमा खोपले पनि काम नगर्ने अवस्था आउन सक्ने भन्दै चिन्ता व्यक्त

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ७, २०७७ मंगलवार • १२:११:५८ बजे
  • 1.8K
    SHARES
  • कोरोना  भाइरस शक्तिशाली बन्दै,आगामी दिनमा खोपले पनि काम नगर्ने अवस्था आउन सक्ने भन्दै चिन्ता व्यक्त
    बेलायतमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ प्रकार (भेरियन्ट) देखिएको छ । जसको कारण अहिले विश्वका धेरै मुलुकले बेलायतमाथि हवाई उडानमा प्रतिबन्धको निर्णय गरिरहेका छन् ।

    सन् २०१९ को अन्तिममा चीनको वुहान सहरबाट फैलिएको कोरोको प्रकृतिमा निकै परिवर्तन आइसकेको छ । यसरी भाइरसको प्रकृतिमा परिवर्तन हुनुलाई म्युटेट हुनु भनिन्छ ।


    कोरोना भाइरस आरएनए भाइरस हो । यस्ता भाइरस समयसँग म्युटेट हुँदै जान्छन् । मौसमी इन्फ्लुएन्जा पनि वर्षेनी म्युटेट हुन्छ । त्यसैले प्रत्येक वर्ष फ्लुको खोप पनि अपडेट गरिन्छ । त्यसैले कुनै पनि भाइरस म्युटेट हुनुलाई नौलो मानिँदैन ।

    यद्यपि अहिले बेलायतमा देखिएको नयाँ भेरियन्टले भने मानिसहरुमा चिन्ता बढाएको छ । नयाँ देखिएको प्रकृतिमा संक्रमितको लक्षण र यसको असर परिवर्तनको कुनै प्रमाण पाइएको छैन तर यो ७० प्रतिशत धेरै संक्रामक देखिएको छ ।

    नयाँ भेरियन्टको चिन्ता

    कोरोना भाइरसको नयाँ भेरियन्ट धेरै भिन्न किसिमको नभएपनि यसले वैज्ञानिकहरुको चिन्ता भने बढाएको छ । निकै तीव्र गतिमा भारतले आफ्नो प्रकृति बदल्नु वैज्ञानिकहरुको लागि एक चिन्ताको विषय हो । यसरी भाइरस म्युटेट हुँदा भाइरसको महत्वपूर्ण हिस्सामा पनि परिवर्तन हुन सक्छ । यसको विषयमा थप अनुसन्धान गर्नु जरुरी हुन्छ ।

    साथै यसको थप असरको बारेमा जान्न थप अध्ययनको आवश्यकता पार्छ । अर्को चिन्ताको विषय भाइरसको क्षमता बढ्नु नै हो । प्रयोगशालामा गरिएको अध्ययनको क्रममा कोरोना भाइरसको संक्रमित पार्न सक्ने क्षमता पनि बढेको पाइएको छ । यस्तोमा आगामी दिनमा कोरोना संक्रमित तीव्र गतिमा फैलिन सक्ने चिन्ता बढेको छ ।

    अहिले देखिएको कोरोनाको भेरियन्टको सुरुआत सेप्टेम्बरको मध्यमा बेलायतको दक्षिणपूर्वमा देखिएको थियो । अहिले यो संक्रमण बेलायतको धेरै स्थानमा देखिएको छ । डिसेम्बरको ९अघिको एक सातामा लण्डनमा ६२ प्रतिशत कोरोना संक्रमितमा नयाँ प्रकारको कोरोना पाइएको थियो । त्यसको तीन साताअघि सम्म यस किसिमको संक्रमण २८ प्रतिशत मानिसमा देखिएको थियो ।

    कहाँबाट आयो नयाँ भेरियन्ट ?

    भाइरस म्युटेट हुनु सामान्य भए पनि कसरी यो भाइरस म्युटेट भयो भन्ने महत्वपूर्ण विषय हुने गरेको छ । अहिलेसम्म यसको स्पष्ट जानकारी मिलेको छैन । तर, वैज्ञानिकहरुले कुनै कमजोर संक्रमितको शरीरबाट कोरोना भाइरसले थप शक्तिशाली हुने मौका पाएको हुन सक्ने बताएका छन् । अहिलेसम्म यस नयाँ संक्रमणको कारण मृत्युदर बढेको कुनै प्रमाण पाइएको छैन । तर, यस विषयमा अनुसन्धान गरिनु भने जरुरी छ । यद्यपि नयाँ भेरियन्टले संक्रमितको संख्या बढाउने र जसको कारण अस्पतालमा पनि मानिसहरुको भिड बढ्छ । जसको कारण मृत्यु हुनेको संख्या पनि बढ्न सक्ने जानकारहरुको भनाइ छ ।

    भेरियन्टमा खोपको असर

    अहिलेसम्म कोरोना भाइरसविरुद्धको खोपको असर नयाँ भेरियन्टमा पनि रहने बताइएको छ । नयाँ भेरियन्टमा पनि अनय लक्षण र यसले पार्ने असरमा कुनै परिवर्तन नआएको हुँदा खोपले भेरियन्टमा पनि काम गर्ने विश्वास लिइएको छ ।

    विश्लेषकहरु भने यसै किसिमले भाइरस शक्तिशाली बन्दै गएको अवस्थामा भने आगामी दिनमा खोपले पनि काम नगर्ने अवस्था आउन सक्ने भन्दै चिन्ता व्यक्त गरिरहेका छन् । यदि कोरोना भाइरस खोपभन्दा पनि शक्तिशाली बन्यो भने कोरोना खोप पनि फ्लुको खोप जस्तै निरन्तर अपडेट गरिरहुनुपर्ने जानकारहरुको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology