Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बिधार्थी र प्रहरी बीच झडप

पृथ्वीनारायण क्याम्पस पोखरामा बिधार्थी र प्रहरी बीच झडप,राष्ट्रपति र प्रम ओलीको पुत्ला समेत दहन

पृथ्वीनारायण क्याम्पस पोखरामा बिधार्थी र प्रहरी बीच झडप,राष्ट्रपति र प्रम ओलीको पुत्ला समेत दहन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष ७, २०७७ मंगलवार • १३:१४:४१ बजे
  • 1.7K
    SHARES
  • पृथ्वीनारायण क्याम्पस पोखरामा बिधार्थी र प्रहरी बीच झडप,राष्ट्रपति र प्रम ओलीको पुत्ला समेत दहन
    पृथ्वीनारायण क्याम्पस पोखरामा बिधार्थी र प्रहरी बीच झडप भएको छ ।

    प्रधानमन्त्री ओलीले संसद विघटन गरि चालेको कदमविरुद्ध अनेरास्ववियु, अखिल क्रान्तिकारी,समाजवादी विद्यार्थी युनियन, अखिल छैठौँ लगायतका विद्यार्थी युनियनले प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गर्दै प्रर्दशन गरेका हुन। उनीहरुले राष्ट्रपति बिद्या भण्डारी र प्रम ओलीको पुत्ला समेत दहन गरेका थिए ।

    सोही क्रममा प्रहरी र बिधार्थी बीच ढुङ्गा हानहान भएको हो ।प्रर्दशनमा उत्रिएका प्रर्दशनकारीले ‘केपी तेरो पाराले, दुख पायो साराले’, ‘केपी चोर, देश छोड’ लगायतका नारा लगाएका छन् ।

    कार्यक्रममा अनेरास्ववियुमा सहसंयोजक बसन्त भट्टचन प्रधानमन्त्री ओलीले संघर्षका साथ ल्याएको गणतन्त्रलाई खिल्ली उडाएको बताए । ओलीको कदमका विरुद्ध युवाहरु चुप लागेर नबस्ने उनको उद्घोष थियो । राष्ट्रपतिले ओलीको आग्रहलाई एकवचनमा नै मान्नु गलत भएको उनको भनाई थियो । ‘आफ्नो अन्तिम समयमा कमिलाको पखेटा पलाउँछ, ओलीको पनि अन्तिम दिन आयो ।’ उनले भने ।

  • सम्बन्धित विषय:

  • # ओलीको पुत्ला जलाए
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology