Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पार्टीको महाधिवेशन २०७८ मंसिर २ मा

नेकपा ओली समूह: पार्टीको महाधिवेशन २०७८ मंसिर २ मा , प्रवक्ताको जिम्मेवारी ज्ञवालीलाई

नेकपा ओली समूह: पार्टीको महाधिवेशन २०७८ मंसिर २ मा , प्रवक्ताको जिम्मेवारी ज्ञवालीलाई

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष ७, २०७७ मंगलवार • १३:३९:५३ बजे
  • 1.5K
    SHARES
  • नेकपा ओली समूह:  पार्टीको महाधिवेशन २०७८ मंसिर २ मा , प्रवक्ताको जिम्मेवारी ज्ञवालीलाई
    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहले पार्टीको महाधिवेशन २०७८ मंसिर २ मा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली समूहको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो ।

    बैठकले मौजुदा केन्द्रीय कमिटीमा थप गरी एक हजार १९९ सदस्यीय कमिटी विस्तार गरेको छ । बैठकमा पार्टीका प्रथम अध्यक्षका हैसियतले प्रधानमन्त्री ओलीले मौजुदा केन्द्रीय कमिटीमा ५५६ जना थप गर्ने गरी मनोनयनको प्रस्ताव गर्दा बैठकले सर्वसम्मरुपमा पारित गरेको थियो ।

    नेकपाको मौजुदा केन्द्रीय कमिटीमा ४४७ रहेकामा ५५६ थप गर्ने प्रस्ताव पारित भएको र १९६ जना रिक्त राखिएको छ । बैठकले पार्टी प्रवक्ताको जिम्मेवारी स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवालीलाई दिएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology