Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

"अघि बढ केपी बा, साथ दिन तयार छौं" ओलीको पक्षमा जनकपुरधाममा मोटरसाइकल र्‍याली

"अघि बढ केपी बा, साथ दिन तयार छौं" ओलीको पक्षमा जनकपुरधाममा मोटरसाइकल र्‍याली

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष ७, २०७७ मंगलवार • १५:०४:४८ बजे
  • 1.6K
    SHARES
  • "अघि बढ केपी बा, साथ दिन तयार छौं" ओलीको पक्षमा जनकपुरधाममा मोटरसाइकल र्‍याली
    जनकपुरधाम ।मंगलबार जनकपुरधाममा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा मोटरसाइकल र्‍याली गरिएको छ ।

    नेकपाका नेता महेश बस्नेतको अगुवाईमा भएको मोटरसाइकल र्‍यालीका सहभागीले ‘अघि बढ केपी बा, साथ दिन तयार छौं, केपी ओली जिन्दावाद’ जस्ता नारा लगाएका थिए ।


    जनकपुरधामको मुजेलिया नजिकबाट निकालिएको मोटरसाइकल र्‍याली नगरको विभिन्न भाग परिक्रमा गर्दै जनक चोकमा गएर टुँगिएको छ ।

    प्रधानमन्त्री ओलीले संसद विघटन गरेको कदमलाई सही भन्दै उनीहरुले समर्थनमा प्रदर्शन गरेका हुन् । जनकपुरमा मंगलबार नै नेता बस्नेतले पार्टीका युवाहरुलाई सम्बोधन गर्ने कार्यक्रम पनि छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology