Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेकपाको केन्द्रको किचलो विवाद जिल्ला तहमा, लम्जुङ पार्टी कार्यालयमा ओली समूहको तालाबन्दी

नेकपाको केन्द्रको किचलो विवाद जिल्ला तहमा, लम्जुङ पार्टी कार्यालयमा ओली समूहको तालाबन्दी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष ७, २०७७ मंगलवार • १५:१२:२५ बजे
  • 1.3K
    SHARES
  • नेकपाको केन्द्रको किचलो विवाद जिल्ला तहमा, लम्जुङ पार्टी कार्यालयमा ओली समूहको तालाबन्दी
    नेकपाको केन्द्रको किचलो विवाद जिल्ला तहमा समेत देखिन थालेको छ ।

    यो किचलो लमजुङको जिल्ला तहमा पनि देखिएको हो । प्रधानमन्त्री एवं नेकपा पार्टी अध्यक्ष केपी शर्मा ओली निकट युवा र विद्यार्थीले नेकपाको पार्टी कार्यालय अर्थात मदन– आश्रित भवन लमजुङमा ताला लगाई पार्टीका जिल्ला संयोजकलाई कार्यालयमा छिर्न दिएका छैनन् ।

    ओलीपक्षका युवा संघ र विद्यार्थी संगठनका नेता कार्यकर्ताले बेंसीसहरस्थित पार्टी कार्यालयको अध्यक्ष र सचिवको कार्यकक्षमा ताला लगाएका हुन् ।

    ओली नेतृत्वको राष्ट्रभक्त सरकारलाई चौतर्फी घेराबन्दी पारिएको भन्दै पार्टी कार्यालयमा बसेर सरकारविरोधी कार्य गर्न नदिन ताला लगाएको राष्ट्रिय युवा संघका जिल्ला संयोजक ऋषि बस्नेतले बताए ।

  • सम्बन्धित विषय:

  • # नेकपा ओली समूह
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology