Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

४४१ केन्द्रीय सदस्यको दुई तिहाई हामी यहाँ छौं

पार्टीको नाममा धावा बोल्दैमा बैधानिकता पाउँदैन : माधव नेपाल

पार्टीको नाममा धावा बोल्दैमा बैधानिकता पाउँदैन : माधव नेपाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ७, २०७७ मंगलवार • १५:४५:२४ बजे
  • 1.7K
    SHARES
  • पार्टीको नाममा धावा बोल्दैमा बैधानिकता पाउँदैन : माधव नेपाल
    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले ब्यूँतन नसक्ने बताएका छन् । प्रचण्ड माधव समूहका केन्द्रीय सदस्यहरुको भेलालाई सम्बोधन गर्दै नेता नेपालले पार्टीका पहिलो अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा गरेको बैठक गुटको भेला मात्र भएको बताए । उनले भने, ‘कसैले पार्टीको नाममा धावा बोल्दैमा बैधानिकता पाउँदैन । ४४१ केन्द्रीय सदस्यको दुई तिहाई हामी यहाँ छौं ।’

    ‘सुन्दैछु, नेकपा एमाले ब्यूँताउने रे । पार्टी एकता हुँदा नै दुवै पार्टी विघटन भइसक्यो । त्यो अब ब्यूँतन सक्दैन’ उनले भने ।

    पहिलो अध्यक्ष भएको नाताले मैले भनेको मात्र लाग्छ, निर्वाचन आयोगमा पनि चुनाव चिह्न मेरो हुन्छ भन्ने सुनेको भन्दै उनले त्यसको कुनै कानूनी आधार नभएको दाबी गरे । नेपालले पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओली प्रचण्डलाई पटकपटक अपमान गरेको तर त्यसलाई सहेर भएपनि कम्युनिस्ट आन्दोलन बचाउनुपर्छ भनेर लागेको भन्दै प्रचण्डको प्रशंसा समेत गरे ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology