Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भाेलि संसदीय दलकाे बैठक बस्छ : अध्यक्ष दाहाल

भाेलि संसदीय दलकाे बैठक बस्छ : अध्यक्ष दाहाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ७, २०७७ मंगलवार • १९:३३:२५ बजे
  • 1.6K
    SHARES
  • भाेलि संसदीय दलकाे बैठक बस्छ : अध्यक्ष  दाहाल

    नेकपाका अध्यक्ष पुष्पकमल दाहालले संसद भंग नभएको बताएका छन्। नेपालको संविधानले संसद भंग हुने कल्पनै नगरेको उल्लेख गर्दै उनले संविधानत संसद् जीवित रहेको बताए। बबरमहलमा आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै दाहालले भने, ‘वैधानिक रुपमा संसद भंग भएकै छैन, संविधानले यसको कल्पनै गरेको छैन।’

    images

    उनले भने, ‘पहिलो, दोस्रो, तेस्रो, चौथो प्रयास गर्दासम्म पनि सरकार दिन नसकेमा मात्रै विघटनको सिफारिस हुनसक्ने व्यवस्था छ। यहाँ त बकाइदा संसदमा अर्को सरकार बनाउने पूरैका पूरै सम्भावना छ। त्यतातिर नगइकन प्रधानमन्त्रीलाई संसद भंग गर्ने अधिकार कुनै कतै दिएको छैन संविधानले,’ प्रचण्डले भने। उनले नेपालका मात्र नभइ विदेशका पनि विज्ञहरुले नेपालमा असंवैधानिक तरिकाले संसद विघटन भएको भनेको आफूले पढेसुनेको बताए।

    सानतिना स्वार्थमा लागेर जे भयो भयो छोडौं भन्नेलाई केही भन्न नसकिने भन्दै उनले जिम्मेवार मान्छेले यो कदमको विरोध गरेको बताए।

    ‘मैले हिजो माननीय सांसदहरुलाई भनेको थिएँ- हामी जीवित छौं, मेरको ठान्नु भएन,’ उनले भने, ‘हामी बहुसंख्यक सांसदहरु अदालत र अदालती प्रक्रियामा पनि जान्छौं। हामी अदालतमा गएर भन्छौं- विघटन भएको सरकारो हो श्रीमान्, संसद होइन।’ उनले कांग्रेस र जसपासँग छलफल पनि गरेको र अदालतमा रिट लिएर पार्टीका नेताहरु पुगेको पनि बताए।

    बैठकलाई सम्बोधन गर्दै दाहालले आफ्नो पक्षमा ६५ प्रतिशत सदस्य रहेको बताएका थिए। उनले ३१५ जना केन्द्रीय सदस्य बैठकमा उपस्थित भएको दावी पनि गरे। उनले पश्चाताप गरेर आए ओलीलाई स्वागत गर्ने तर ओली भागिरहेको पनि बताए।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology