Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बिदेशमा रहेका नेकपाको प्रवास संगठनलाई अध्यक्ष र सचीवको अपिल

बिदेशमा रहेका नेकपाको प्रवास संगठनलाई अध्यक्ष र सचीवको अपिल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ८, २०७७ बुधवार • ०९:४४:४५ बजे
  • 1.9K
    SHARES
  • बिदेशमा रहेका नेकपाको प्रवास संगठनलाई अध्यक्ष र सचीवको अपिल
    नेकपामा पछिल्लो चरण देखा परिरहेको आन्तरिक संकट प्रधानमन्त्रीले असंबैधानिक तरिकाले जननिर्वाचित संसदको असामयिक बिघटन गरे यता राष्टिय संकटमा बदलिन पुगेको छ । देश र बिदेशमा रहेका नेकपाका लाखौं समर्थक तथा कार्यकर्ता पंक्तिलाई दु:खी तुल्याउंदै नेकपा विभाजित भएको छ । यस दु:खद अबस्था आउनुमा मुल जिम्मेवार प्रधानमन्त्री तथा तत्कालीन अध्यक्ष केपी ओली रहेको हाम्रो ठम्याई रहेको छ ।

    नेपाली समाजको आर्थिक सामाजिक रुपान्तरण गर्न नयां संबिधानको आलोक, पार्टीको दिशा निर्देश र व्यापक संगठनको बलमा नेकपा सफल हुनेछ भन्ने बिश्वास तत्काललाई दुर्घटनमा परे पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले  पुन: प्रतिकुलताहरुमाथि बिजय हासिल गर्न सक्षम हुनेछ भन्ने हामीले बिश्वास लिएका छौं । अध्यक्ष युवराज चौंलागाईं र सचिब श्रीप्रसाद साहले अपील गर्नु भएको छ । 

    प्रबासी नेपालीहरुलाई अपिल 
    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पछिल्लो चरण देखा परिरहेको आन्तरिक संकट प्रधानमन्त्रीले असंबैधानिक तरिकाले जननिर्वाचित संसदको असामयिक बिघटन गरे यता राष्टिय संकटमा बदलिन पुगेको छ । देश र बिदेशमा रहेका नेकपाका लाखौं समर्थक तथा कार्यकर्ता पंक्तिलाई दु:खी तुल्याउंदै नेकपा विभाजित भएको छ । यस दु:खद अबस्था आउनुमा मुल जिम्मेवार प्रधानमन्त्री तथा तत्कालीन अध्यक्ष केपी ओली रहेको हाम्रो ठम्याई रहेको छ । नेपाली समाजको आर्थिक सामाजिक रुपान्तरण गर्न नयां संबिधानको आलोक, पार्टीको दिशा निर्देश र व्यापक संगठनको बलमा नेकपा सफल हुनेछ भन्ने बिश्वास तत्काललाई दुर्घटनमा परे पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले  पुन: प्रतिकुलताहरुमाथि बिजय हासिल गर्न सक्षम हुनेछ भन्ने हामीले बिश्वास लिएका छौं । 
    प्रबासमा संगठित प्रबासी नेपाली एकता मञ्च र त्यसमा आबद्ध सबै सदस्यहरुलाई हामी धैर्यतापूर्वक क. प्रचण्ड र क. माधव कुमार नेपाल अध्यक्ष रहेको आधिकारिक र बैधानिक  नेकपामा गोलबद्ध  हुन, पार्टी भित्र पैदा भैरहेका गलत प्रबृती बिरुद्ध बिधी प्रकृया अनुसार एकताबद्ध भएर अघि बढ्न र बिगतमा झैं नेपालको हरेक परिवर्तनका मोडहरुमा सक्रियतापूर्वक सहभागी हुन अनुरोध गर्दछौं । अध्यक्ष युवराज चौंलागाईं र सचिब श्रीप्रसाद साहले अपील गर्नु भएको छ ।
    हार्दिक अभिवादन सहित 

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology