प्रतिनिधि सभा विघटनको निर्णय असंवैधानिक भएको भन्दै जनता समाजवादी पार्टी (जसपा) ले आज देशभर प्रदर्शन गर्दैछ ।
जसपाको केन्द्रीय कार्यकारिणी समितिको मंगलबार बसेको बैठकले आज ७७ वटै जिल्लाका सदरमुकाममा विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।
यस्तै, संघर्षका अन्य कार्यक्रमहरुमा पुस १० गते राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, ११ गते सबै जिल्ला सदरमुकाममा मसाल जुलुस र १२ गते केन्द्रकीत जनप्रदर्शन गर्ने निर्णय गरेको छ ।