file photo
पटक-पटक स्थगित गरिँदै आएको नेकपाको स्थायी समितिको बैठक भोलि बस्ने भएको छ। अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचमा स्थायी समितिको बैठक राखेर छलफल गर्ने समझदारी बनेको स्रोतले जनाएको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुई अध्यक्षबीचको पौने तीन घण्टा लामो छलफलमा सो समझदारी बनेको हो। दुई अध्यक्षबीचको छलफल पनि जारी राख्ने तर स्थगित स्थायी समिति बैठक पनि बस्ने समझदारी बनेको छ स्थायी समिति बैठकमा उहाँको बारेमा राजीनामा माग भएपछि बैठक पटक–पटक सारिएको थियो, त्यसलाई सुचारु गर्ने भन्ने छ।’
अध्यक्ष तथा प्रधानमन्त्री ओली असार १८ गतेको बैठकमा उपस्थित भएका थिएनन् । त्यस्तै असार २२ गतेका लागि तय गरिएको बैठक पार्टीभित्र देखिएको विवादका कारण सहमति खोज्न भन्दै भोलि (२४ गते) सम्मका लागि स्थगित गरिएको थियो।
असार १० गतेदेखि बस्दै रोकिँदै आएको स्थायी समिति बैठक अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुबै पदबाट राजीनामा दिनुपर्ने माग भएपछि पार्टी नै विभाजनको संघारमा पुगेको थियो। पार्टीको विभाजन रोक्नेगरी दुई अध्यक्ष ओली र प्रचण्डले आइतबार, सोमबार र आज छलफल गरेका हुन्।