Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रचण्ड–माधव समूह बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर लिएर निर्वाचन आयोग जाँदै

प्रचण्ड–माधव समूह बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर लिएर निर्वाचन आयोग जाँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ८, २०७७ बुधवार • १४:१०:१५ बजे
  • 1.7K
    SHARES
  • प्रचण्ड–माधव समूह बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर लिएर निर्वाचन आयोग जाँदै

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूह केन्द्रीय सदस्यहरूको हस्ताक्षरसहित निर्वाचन आयोग जाने भएका छन् ।

    images

    नेकपा स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित आयोगमा जान लागेको जानकारी दिए । ‘३१५ जना केन्द्रीय सदस्यको हस्ताक्षर सहित केहीबेरमा आयोग पुग्दै ।

    प्रचण्ड–माधव समूहले आफूहरू दर्ताका लागि आउन लागेको आयोगलाई जानकारी गराइसकेको छ ।  निर्वाचनमा आयोगमा नेकपाका ४४१ सदस्यीय केन्द्रीय कमिटी दर्ता छ । उनीहरूमध्ये दुई तिहाई केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको पोखरेलको दाबी छ । पोखरेल, नेकपाका अर्का नेता सुरेन्द्र पाण्डे, कार्यालय सचिव श्रीराम सुवेदी लगायत आयोग जान लागेका हुन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology