Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरामा युवा विधार्थीले गराए प्रम ओली र राष्ट्रपतिलाई वयलगाडामा सयर

पोखरामा युवा विधार्थीले गराए प्रम ओली र राष्ट्रपतिलाई वयलगाडामा सयर

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष ८, २०७७ बुधवार • १६:४३:४५ बजे
  • 1.8K
    SHARES
  • पोखरामा युवा विधार्थीले  गराए  प्रम ओली र राष्ट्रपतिलाई वयलगाडामा सयर
    आश तमु पोखरा । प्रतिनिधिसभा विघटनको विरोधमा आज बुधवार पोखरामा युवा विधार्थीले प्रम ओली र राष्ट्रपतिलाई वयलगाडामा सयर गराएका छन ।

    पोखराको मुटु भनेर चिनिने मुख्य बजार महेन्द्रपुलमा नेकपा दाहाल-नेपालका युवा बिधार्थीहरुले संकेतामक वयलगाडीमा प्रधानमन्त्रीकेपी शर्मा ओली र राष्ट्रपति बिद्द्यादेवी भण्डारीको सयर गराएका हुन ।अनेरास्ववियूका केन्द्रीय नेता तथा प्रचण्ड नेपाल पक्षीय विद्यार्थी नेता क्षितिज  सापकोटाको नेतृत्वमा विरोध प्रदर्शन गरिएको छ ।

    नेता क्षितिज सापकोटाले प्रधानमन्त्री ओलीले बयलगाढाको रहर गरेकोले आहुहरुले बयल गाढाको सयर गराइदिएको बताए। उनले भने "प्रधानमन्त्री लाई एक दम धेरै बयलगाढाको रहर भएको भएर उहाँको रहर पुर्‍याईदिन बयलगाढाको सयर गराई राछौं ।" बयलगाढाले धेरै दुरी यात्रा गर्न नसक्ने भन्दै बयलगाढाको यात्रा यही अन्त गर्नुस भनेर देखाउन आज बयलगाढा देखाइएको उनले बताए ।

    यता बयलगाढी सयर गर्दै गर्दा अर्का तर्फ सोही समुहले प्रम ओली र राष्ट्रपति भण्डारीको पुत्ला दहन गरेका छन । पुत्ला दहन गर्ने क्रममा केही समय बिधार्थी र प्रहरीबीच घम्साघम्सी समेत भएको थियो ।

    केपी ओली आफैले आफुलाई बालुवाटारको कृष्णा राजको संज्ञा दिएको भन्दै शितलनिवासमा रहेको मेनुका र उर्बसीबीच जे सुकै सम्बन्ध भएपनी अन्यलाई फरक नपर्ने तर जनताले लडेर ल्याएको अधिकार माथी उनीहरुको हस्तक्षेप स्विकार नहुने बताउदै नेपाललाई महाभारत हुन नदिने बताए ।

    अर्का बिधार्थी नेता बिशाल गोले तामाङले केपी ओलीको बालुवाटार सत्ता र शितल निवासको अड्डाले आम नेपाली परिवर्तनकारी जनताले दुखा पाएको बताए । उनले कोण सभालाई सम्बोधन गर्दै नेपाली जनता र सहिदको रगतले दुई तिहाई पाएको कम्युनिष्ट सरकारले लिएको 'समृद्ध नेपाल, सुखी नेपाली'को अपेक्षा केपी ओलीको कारण पुरा गर्न नसकेको भन्दै क्षमा मागेका छन ।

  • सम्बन्धित विषय:

  • # वयलगाडामा सयर
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology