पार्टी ह्वीपको उल्लंघन गरेको आरोपमा समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई संसद र पार्टी दुबैमा नरहने गरी कारवाही हुने भएको छ।
लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सासहितको निसान छाप बदल्नका लागि जेठ ३१ गते भएको संविधान संशोधनमा सांसद गिरीले पार्टी ह्वीप उल्लंघन गरेर मतदान बहिष्कार गरेकी थिइन्।समाजवादी पार्टीले संविधान संशोधनका पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो।तर संसद बैठक चलिरहँदा बाहिरिएकी सांसद गिरीले सार्वजनिक रुपमा पनि सो नक्सा जारी गर्ने सरकारी निर्णयको बिरोध गरेकी थिइन्।अहिले सो विषयबारे निर्णय गर्न समाजवादीको पदाधिकारी बैठक बस्न लागेको र बैठकमा सो विषय एजेण्डामा रहेको छ।सांसद गिरीलाई पार्टी र संसद दुवैतर्फ कारवाहीको सिफारिस भई आएको छ।पार्टी ह्वीप नमानेको भनी संसदीय दलले पनि गिरीलाई कारवाही गर्न सिफारिस गरेको थियो।