Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ओली समूहले सहमति नलिइ केन्द्रीय सदस्य बनाइएको भन्दै पद अस्वीकार गरे

ओली समूहले सहमति नलिइ केन्द्रीय सदस्य बनाइएको भन्दै पद अस्वीकार गरे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ८, २०७७ बुधवार • १६:४८:२१ बजे
  • 1.9K
    SHARES
  • ओली समूहले सहमति नलिइ केन्द्रीय सदस्य बनाइएको भन्दै पद अस्वीकार  गरे

    सहमति नलिइ केपी शर्मा ओली समूहको केन्द्रीय सदस्य बनाइएको भन्दै लुम्बिनी प्रदेशका केही नेताहरुले पद अस्वीकार गरेका छन् ।

    images

    नवलपरासी पश्चिमबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य भगवतीदेवी भण्डारी, सोही जिल्लाकै पुराना कम्युनिस्ट नेता वृहस्पति अधिकारी, तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरी देवी चौधरीलगायतले आफ्नो सहमति बेगर ओली समूहको बैठकले केन्द्रीय सदस्य बनाएको भन्दै असहमति जनाएका छन् ।

    प्रदेश सांसद भण्डारीले आफूलाई नसोधी केन्द्रीय सदस्य मनोनित गरिएको भन्दै केन्द्रीय सदस्य पद स्वीकार्य नभएको बताइन् ।अर्का नेता अधिकारीले  आफ्नो सहमति बेगर केन्द्रीय सदस्य बनाइएको बताए । ‘म पर्ख र हेरको अवस्थामा छु, तर ओली पक्षमा गएको होइन,’ उनले प्रष्ट पारे । तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरीदेवी चौधरीले पनि आफ्नो सहमतिविना केन्द्रीय सदस्य बनाइएको भन्दै पद अस्वीकार गरेकी छन् ।

    उपप्रमुख चौधरीले एक प्रेस विज्ञप्ति जारी गर्दै आफूसँग सर-सल्लाह तथा पूर्व जानकारीविना केन्द्रीय कमिटी सदस्यमा आफ्नो नाम राखेर सपथका लागि काठमाडौं आमन्त्रण गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएकी छन् ।

    ‘ओली समूहले पार्टी विधान र कार्यकर्ताको भावनाविपरीत विस्तार गरेको केन्द्रीय कमिटी सदस्यमा नरहने घोषणा गर्दछ र सीमित व्यक्तिको लाभ र प्रतिष्ठाको लागि सार्वभौम प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिवादी प्रवृत्तिबाट सामाजिक रुपान्तरण सम्भव नभएको मेरो निष्कर्ष छ,’ विज्ञप्तिमा उनले भनेकी छन्, ‘म नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मूलधारमै रहेको जानकारी गराउँदै पार्टीलाई विधि-विधान, प्रक्रियाअनुसार चलाउन नेतृत्वलाई आग्रह गर्दछु ।’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology