प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनसम्बन्धी आफूले चालेको कदम वैध भएको दावी गरेका छन ।बुधबार बेलुकी योहो टेलिभिजनका लागि पत्रकार जीवराम भण्डारीसंगको कुराकानीका क्रममा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनसम्बन्धी आफूले चालेको कदम वैध भएको दावी पनि गरेका हुन ।
यही क्रममा उनले प्रदेशमा सरकार परिवर्तनको चलखेल भए थप कडा कदम चाल्ने चेतावनी पनि दिएका छन् । उनले अब चुनावको माहोल बनेकाले मिलेर जान पनि आह्वान गरे । प्रदेशमा अविश्वासको प्रस्ताव आउन सक्ने सम्भावना देखिएको हो ? भन्ने प्रश्नमा ओलीले भने, ‘उहाँहरुले प्रदेशमा पनि कदम चाल्नुभयो भने मैले थप कदम चाल्नुपर्ने हुन्छ ।’
पार्टीभित्रको अहिलेको कलह प्रचण्ड–माधव समूहको पद र प्रतिष्ठाको उपज भएको उनले बताए । आफू विरामी हुँदा पनि, आरामदायी कुर्सीमा बस्दा पनि ईष्या गरिएको बताउँदै उनले भने ‘माधव जीलाई मैले तृतिय अध्यक्ष त प्रस्ताव गरेकै हो, अहिले द्वितीय अध्यक्ष बन्नु भएछ, सोफा पनि राम्रै देखिएको थियो ।’