Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ओली समूहको केन्द्रीय सदस्य स्वीकार्न सकिनँ : सांसद राई

ओली समूहको केन्द्रीय सदस्य स्वीकार्न सकिनँ : सांसद राई

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ९, २०७७ बिहिवार • ०९:५२:१८ बजे
  • 1.3K
    SHARES
  • ओली समूहको केन्द्रीय सदस्य स्वीकार्न सकिनँ : सांसद राई

    प्रदेश नम्बर १ की सांसद उषाकला राईले आफू केपी ओली समूहको केन्द्रीय कमिटी सदस्य नरहेको स्पष्ट पारेकी छन्। बिहीबार विहान सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले यो जानकारी दिएकी हुन्।

    images

    आफू विगत ४ दशकबाट कम्युनिष्ट आन्दोलनमा लागेको बताउदै उनले आफ्नो लागि पद र पैसा केही नभएको पनि बताएकी छन्। जनताको पैसा खानुभन्दा भोकै मर्न आफू तयार रहेको पनि उनले लेखेकी छन्। देशमा विकसित भएको राजनीतिक परिघटनाको कारण भ्रष्टाचार अन्य गर्ने र समृद्धिका मुद्धाहरु ओझेलमा परेको पनि उनले बताएकी छन्।

    यस्तो अवस्थामा प्रधानमन्त्रीले राखेको केन्द्रीय समितिमा राखेकोमा कृतज्ञता जाहेर गर्न सके पनि आफ्नो ज्ञानोभावको आधारमा उत्त पदमा बसेर काम गर्न नसक्ने उल्लेख गरेकी छन्। सांसद राईले २०४७ सालमा ने.क.पा. एमालेको संगठित सदस्यता पाएकी थिइन। उनले अनेमासंघको केन्द्रीय सदस्यको रुपमा पनि काम गरिसकेकी छन्। महिला अधिकारको सवालमा प्रस्ट वक्ता उनि संविधानसभामा १९७ महिला सभासदहरूको समूह महिला ककसको अध्यक्ष समेत रहिसकेकी छन्।

    मेरो सार्वजनिक सूचना !

    यो कम्युनिस्ट आनदोलनमा म लागेको पनि चार दशक भएको छ तर पद र पैसा केही होइन जनताको दुई पैसा खाइन्नँ। बरु भोकै मर्न तयार हुनुपर्छ भन्ने हाम्रो मान्यता छँदैछ। सबै प्रकारका गलत कुराहरु मुख्य गरेर भ्रस्टाचार अन्त्य गर्ने र समृद्धिको मुद्दाहरू अगाडि बढाइरहेका थियौं। तर आज त्यो अलपत्र परेको छ। यो बिचको बिकसित राजनितिक परिघट्नामा सम्माननीय प्रधानमन्त्री केपी कमरेडले मलाई पत्याएर केन्द्रीय कमिटीजस्तो उच्च ओहोदामा राख्नुभएकोमा हृदयबाट कृतग्य जाहेर गर्दछु। तर मेरो ग्यानोभावले उक्त पदमा रहेर जिम्मेवारी सम्हाल्न म असमर्थ महशुस भएको छ त्यसकारण बिनम्रताका साथ उक्त केन्द्रीय कमिटी सदस्य म नरहेको सबैमा अनुरोध गर्दछु।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology