Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पछिल्लो २४ घन्टामा संक्रमितको संख्या १६ हजार नाघ्यो

पछिल्लो २४ घन्टामा संक्रमितको संख्या १६ हजार नाघ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २३, २०७७ मंगलवार • १७:२८:०७ बजे
  • 1.3K
    SHARES
  • पछिल्लो २४ घन्टामा संक्रमितको संख्या १६ हजार नाघ्यो

    पछिल्लो २४ घन्टामा २ सय ४ जनामा कोरोना भाइरस संक्रमण भएसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार नाघेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा २ सय ४ जनामा कोरोना संक्रमण भएको जनाएका छन् । योसँगै आजसम्म देशैभर कोरोना संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ ।काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दैनिक बढ्न थालेको छ । २ सय ४ जनामा संक्रमण देखिएकोमा २८ जना काठमाडौं उपत्यकाका रहेका छन् ।

    images

    मंगलबार काठमाडौंमा १४ जना, ललितपुरका १० जना र भक्तपुरका ४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।मन्त्रालयका अनुसार टेकुमा गरिएको परीक्षणमा काठमाडौंका १ जना, धुलिखेलमा गरिएको परीक्षणमा भक्तपुरका ४ जना, काठमाडौंका १२ जना, ललितपुरमा १० जना र शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १ जनामा कोरोना देखिएको छ ।

     

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology