Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

१३ बर्षीया बालिका र १० बर्षीय बालक आमा बाबु बन्दै

१३ बर्षीया बालिका र १० बर्षीय बालक आमा बाबु बन्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ९, २०७७ बिहिवार • १०:०५:५१ बजे
  • 2.3K
    SHARES
  • १३ बर्षीया बालिका र १० बर्षीय बालक आमा बाबु बन्दै

    एजेन्सी । रुसकी एक १३ बर्षीया बालिका र १० बर्षीय बालक आमा बाबु बन्ने भएका छन । १३ बर्षीया बालिका गर्भवती भएपछि यस्तो खुलासा भएको हो ।

    images

    साइबेरियाको आणविक उत्पादक शहरका रुपमा चिनिएको झेलेज्नोगोर्स्क (Zheleznogorsk) शहरकी निवासी १३ बर्षीया डरियाले आफ्नो गर्भको बच्चाको पिता आफ्नै प्रेमी १० बर्षीय बालकको भएको स्विकार गरेपछि यसको पुष्टि भएको हो ।

    सोही शहरकै निवासी डरियाका प्रेमी इभान कम उमेरमै पिता बन्न लागेको यो समाचार अहिले सर्वत्र चासोको विषय बनेको छ ।

    डरियाको भनाइ अनुसार एक बर्षअघि उनिहरु दुवैजनाको पहिलो भेट भएको थियो । उनिहरुबीच समान्य देखादेख अर्थात पहिलो नजरमै प्रेम सम्बन्ध कायम भएको थियो ।

    रुसको The Rossya 1 टिभी च्यानलको Father at 10 नामक कार्यक्रममा १३ बर्षीया बालिका डरिया र १० बर्षीय बालक इभानले आफुहरुबीचको प्रेम सम्बन्धका बारेमा सबै कुरा बताएका हुन ।

    १० बर्षीय बालक इभानको परीक्षण गरेका डाक्टर इवगिनी ग्रोकोभले इभान बच्चा जन्माउन सफल शुक्रकिट उत्पादन गर्न सक्ने उमेरको नभएको दावी गरेका छन ।

    उनको दावी अनुसार बालक इभान गर्भको बच्चाको पिता हुनै सक्दैनन् तर १३ बर्षीया बालिका डरियाले इभान बाहेक अरु कोही पनि आफ्नो प्रेमी नभएको जिकिर गरेकी छिन ।

    डरियाको बयानको सत्य तथ्य पत्ता लगाउने क्रममा मनोचिकित्सकद्वारा गरीएको परीक्षणमा पनि उनको दावी सत्य सावित भएको छ ।

    बालिका डरिया र बालक इभान दुवै जनाका अभिभावकको सहमतिमा उनीहरु टिभी शोभमा सहभागी भएका हुन ।

    त्यस्तै अभिभावकै सहमतिमा दुवैजनाको स्वास्थ्य परीक्षण पनि गरिएको थियो । ८ हप्ताको गर्भलाई डरिया र उनकी ३५ बर्षीया आमा एलेनाले सफल रुपमा जन्माउन चाहन्छन ।

    आमा एलेनाका अनुसार आफ्नी छोरी डरियाले यो सम्बन्धका बारेमा कुनै दवाब बिना सहर्ष स्विकार गरेकी हुन ।

    त्यसैगरी बालक इभानकी आमा गलिना पनि आफ्नो छोरा पिता बन्न लागेका भानाइमा सहमत भएको द सन ले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology